Rashtriya Yuva Jagaran
Online Digital News

विराटनगरमा मात्र सीमित रथयात्रा पूर्वी नेपालका विभिन्न ठाउँबाट निकालियो

विराटनगरको ५१ रथयात्रामा भक्तजनहरुको घुइँचो

  •  
  • 100
  •  
  •  
  •  
  •  
  •  
    100
    Shares

========= खगेन्द्र कार्की ==========

विराटनगर (मोरङ), १९ भदौ २०७५ । पूर्वका विभिन्न ठाउँबाट श्रीकृष्ण जन्माष्ठमीको भोलिपल्ट सोमबार रथयात्राको आयोजना गरिएको छ । लामो समयदेखि विराटनगरले मात्र निकाल्दै आएको रथयात्रा विकसित हुँदै अन्य धेरै ठाउँमा प्रवेश गरिसकेको छ । रथयात्रा मोरङको विराटनगर, विराटचोक, सुनसरीको इटहरी, इनरुवालगायत अन्य क्षेत्रहरुमा पनि गरिएको छ । सो दिन प्रदेश सरकारले मोरङ र सुनसरी जिल्लामा सार्वजनिक बिदा समेत दिएको थियो ।
५१ वर्षदेखि लगातार कृष्णजन्माष्ठमीको भोलिपल्ट रथयात्रा निकाल्ने परम्परा बोक्दै आएको ऐतिहासिक स्थल विराटनगर सोमबार पनि विराटनगरमा विशाल जनसहभागितासहितको रथयात्रा निकालेको छ ।
तिनपैनी चोकमा रहेको राधाकृष्ण मन्दिरबाट सुरु भएको सो रथयात्राको उद्घाटन एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले गरेका गरेका थिए ।
दक्षिण एसियाकै ठूलो भनि दावी गरिएको विराटनगरको रथ यात्रामा राधाकृष्ण भगवानको मुर्ति रथमा राखेर डोरीले तान्ने प्रचलन रहेको छ ।
भजनकिर्तिन र बाजागाजाले गुञ्जयमान भएको सो रथयात्रामा धार्मिक तथा जातिय झाँकी समेत प्रस्तुत गर्ने गरिन्छ । रथयात्रमा बग्गी पनि प्रयोग गरिएको छ।
नेपाल र भारतका गरी ५ लाख भक्तजन उतारेर ऐतिहासिक बनाउने उद्घोषसहित सुरु गरिएको रथयात्रामा सीमावर्ती भारतीय क्षेत्रका सहरबाट समेत बाक्लो सहभागिता रहेको थियो ।
रथको डोरी छोएर तान्दा दुःख हरणका साथै सुख मिल्ने जनविश्वास रही आएको छ । खटयात्राबाट सुरु भएको विराटनगरमा राधाकृष्ण रथयात्रा पछिल्लो समय सबै समुदायलाई जोड्ने सांस्कृतिक पर्वकै विकसित भईरहेको छ ।
सो रथयात्राको अवसरमा एक नम्बर प्रदेशले मोरङ र सुनसरीमा सार्वजनिक बिदा समेत दिएको थियो ।
सो रथ यात्रा मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, शनि मन्दिर चोक हुँदै बरगाछी पुगेर पुनः तीनपैनीस्थित राधाकृष्ण मन्दिरमा समापन भएको थियो ।
यसैगरी इटहरीमा पनि राधाकृष्ण मन्दिरबाट सुरु गरी बाक्लो स्थानीय जनसहभागितासहित नगरपरिक्रमा गरेर पुनः राधाकृष्ण मन्दिरमै आएर टुंगिएको छ ।

Leave A Reply

Your email address will not be published.