Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्यसिद्धि होस् – २०७५ भदौ २० गते बुधबार

कर्ममै भगवानको बास हुन्छ । तसर्थ कर्म गरौं धर्म कमाऔं । यहाँहरुको दिन शुभ रहोस् ।

  •  
  • 16
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :  मेष राशिका जातकको लागि मन्ध्यान्न सम्म अति उत्तम समय रहेको छ । आर्थिक उन्नति हुनसक्नेछ । आर्थिक उन्नतिका बाटाहरु पनि खुल्ने देखिन्छ । मनमा हर्ष छाउनेछ । मिष्ठान्न भोजनमा सरिक हुने अवसर प्राप्त हुन सक्छ । रमाइलो गर्ने अवसर जुट्न सक्छ । मित्रजनको सुख, सहयोग प्राप्त होला ।समग्रमा दिन राम्रो देखिन्छ । मानसम्मान प्राप्त हुने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :वृषका राशिका जातकलाई आज त्यति राम्रो दिन छैन । धन सम्पत्तिको हानी हुनसक्छ । कुटुम्ब वा मित्रहरुसँग विवाद बढ्न सक्छ । बोल्दा सचेत हुनुपर्ने देखिन्छ । अशुभ समाचार सुन्नु पर्ने पनि हुनसक्छ । अनावशयक झन्झट पनि आइपर्न सक्छ । मनमा चिन्ता पर्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :अन्न, द्रव्यको लाभ हुनसक्ने देखिन्छ । मिष्ठान्न भोजनमा सरिक हुने अवसर प्राप्त हुन सक्छ । रमाइलो गर्ने अवसर जुट्न सक्छ । मित्रजनको सुख, सहयोग प्राप्त होला । मनमा हर्ष छाउनेछ । समग्रमा दिन राम्रो देखिन्छ । मानसम्मान प्राप्त हुने देखिन्छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :कर्कट राशिका जातकको लागि पनि समय त्यति उत्तम देखिँदैन । मनमा चिन्ता पर्न सक्छ । स्वास्थ्य अनुकूल देखिन्दैन । आर्थिक उन्नति र प्रगतिमा पनि बाधा पर्न सक्छ । गरेका कामहरु त्यति सफल देखिँदैन । निधै धैर्यतापूर्वक काम गर्नुपर्ने हुन्छ । यद्यीप मध्यान्ह पछि गरेका कामबाट भने आंशिक लाभ दिन सक्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo  : व्यापार व्यवसायमा राम्रो देखिन्छ । आर्थिक स्रोतका नयाँ नयाँ बाटाहरु खुल्न सक्नेछन् । विशिष्ठ व्यक्तिको सहयोग मिल्ने योग परेको छ । मानसम्मानमा प्रमोशन हुने देखिन्छ । गरेका कामहरु सफल बन्नेछन् । मन उत्साहित बन्ने छ । समग्रमा समय उत्तम देखिन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :  औषधोउपचारमा खर्च हुन सक्छ । स्वजनमा विवाद पर्न सक्छ । बोल्दा निकै होसियारी अपनाउनु पर्नेछ । गरेका कामहरु निकै संवेदनशिल तरिकाले सोचेर गर्नुपर्नेछ अन्यथा काममा अवरोध आउन सक्छ ।मनमा चिन्ता बढ्न सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :तुलाका राशिका  जातकको लागि पनि त्यति राम्रो दिन देखिँदैन । राज्य पक्षबाट भय वा अनिष्ठ कुरा आउन सक्छ । धन, धर्मको हानी हुनसक्छ । पुत्र वा परिवारमा मतभेद होला । यात्रा गर्ने अवस्था आउन सक्छ । काममा बाधा नआउन भन्न सकिन्न । धेरै विचार पु¥याएर काम गर्नुपर्ने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :वृश्चिकका जातकलाई पनि त्यति राम्रो दिन देखिँदैन । आर्थिक संकट पर्न सक्छ । रोगको भय पनि त्यतिक देखिन्छ । अरुचि तथा अपचको समस्या पर्ने भएकोले खानपिनमा विचार पु¥याउनु पर्ला । मानसिक तनाव बढ्न सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :धनु राशिका जातकको लागि भने दिन राम्रो देखिन्छ । तपाईको पराक्रम र बोलिको प्रभावले शत्रु नास भएर जाने छन् । बिग्रेको स्वास्थ्य पनि राम्रो बन्ने छ । धन बृद्धि होला । आर्थिक उन्नति सफल होला । यश, आनन्द प्राप्त होला । मनमा उत्साह हुनेछ ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn: मकर राशिका जातकले पनि निकै बुद्धिमत्तापूर्वक काम गर्नेपर्ने हुन्छ । जथाभावी गरेका कामहरु सफल नहुनसक्छन् । मित्रजनको सहयोग भने रहनेछ । गृह सुखमा राम्रो देखिन्छ । इमान्दारपूर्वक गरेका कामले आर्थिक लाभ पनि दिन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :  कुम्भका जातकको लागि पनि त्यति फलदायी दिन छैन । गरेको काममा त्यति सफलता देखिँदैन । शोक पर्न सक्छ । पुत्र वा परिवारबाट धोका हुनसक्छ । अध्ययनमा त्यति मन जाने देखिँदैन । शारिरक रोगहरुले सताउन सक्छ । निरासको दिन रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :  आधा दिन राम्रो र आधा दिन अलिक खराब देखिन्छ । मध्यान्हसम्म मनमा भय पर्ला । मानसिक चिन्ता बढ्ला । मध्यान्हपछि गरेका कामहरुले सफलता प्राप्त हुनसक्छ । लक्ष्मी कृपाले धन लाभ होला । पराक्रमले विजय प्राप्त होला । आरोग्य मिल्ला । धैर्यले गरेको काम सफल हुनेछ । मनमा उत्साह थपिनेछ ।

कमल शर्मा, इटहरी

Leave A Reply

Your email address will not be published.