Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्यसिद्धि होस् – २०७५ भदौ २१ गते बिहीबार

कर्ममै भगवानको बास हुन्छ । तसर्थ कर्म गरौं धर्म कमाऔं । यहाँहरुको दिन शुभ रहोस् ।

  •  
  • 9
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :   रमाइलो गर्ने अवसर जुट्न सक्छ । मित्रजनको सुख, सहयोग प्राप्त होला । समग्रमा दिन राम्रो देखिन्छ । मानसम्मान प्राप्त हुने देखिन्छ ।परिश्रम गर्दा धनार्जन हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । शेयरको कारोवारबाट सफलता मिल्नेछ

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus : अनावश्यक यात्रा हुनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :रमणीय र सुखद यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । पुनर्मिलनको योग रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo  :साथीभाईसंग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :  आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio : प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius : महत्वपूर्ण कामको थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शिक्षामा सफलता मिल्नेछ । डेकोरेसनको क्षेत्रमा पर्याप्त लाभ मिल्नेछ ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn: नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :  यात्रामा मालसामान हराउन सक्छ । सहकर्मी बाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भयछ सचेत रहनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :  विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ ।

कमल शर्मा, इटहरी

Leave A Reply

Your email address will not be published.