Rashtriya Yuva Jagaran
Online Digital News

शिक्षकले फर्म भरेको जिल्लाबाट परिक्षा दिन नपाउने

  •  
  • 6
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

युवा जागरण संवाददाता
काठमाडौं, २१ भदौ २०७५ । शिक्षक सेवा आयोगले शिक्षकको परिक्षाको केन्द्र निर्धारण गरेपनि जुन जिल्लाबाट परिक्षा फर्म भरेको छ त्यहाँबाट परिक्षा दिन नपाईने नियम बनाएको छ ।
शिक्षा आयोगका अनुसार फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाईने गरी ३४ जिल्लामा केन्द्र तय भएको जनाएको छ ।
यसरी केन्द्र निर्धारण गर्दा तीनै तहको परीक्षाका लागि फारम भरेका परीक्षार्थीले जुन जिल्लामा केन्द्र परेको छ उही जिल्लाबाट परीक्षा दिनु पर्ने छ ।
उदाहरणका लागि झापामा केन्द्र तोकिएका ईलामका परीक्षार्थीले प्रावि, निमावि र मावि तिनै तहको परीक्षा झापामै दिनु पर्ने छ ।
जुन जिल्लाबाट फर्म भरेको उहि जिल्लाबाट परीक्षा दिँदा चलखेल हुनसक्ने आशंका मेटाउन अर्कै जिल्लाबाट परीक्षा दिने व्यवस्था मिलाएको जनाएको छ ।
परीक्षार्थीले चिनेका केन्द्राध्यक्ष वा निरिक्षक हुने भएकोले चलखेल हुने सक्ने भएकाले यस्तो व्यवस्था गरेको बताएको छ ।
अहिले परीक्षा केन्द्र रहने जिल्ला मात्रै तय गरिएको र कुन विद्यार्थी कुन केन्द्रमा भन्ने कुरा पछि तोकिने आयोगले जनाएको छ ।
आयोगले परीक्षा केन्द्र तोकेका ३४ जिल्लामा ईलाम, झापा, मोरङ्, सुनसरी, उदयपुर, सप्तरी, सिराह, सिन्धुली, धनुषा, काभ्रे, भक्तपुर, काठमाडौं, ललितपुर र मकवानपुर छन् । यस्तै, चितवन, पर्सा, गोर्खा, कास्की, तनहुँ, स्याङ्जा, नवलपरासी र रुपन्देहीमा केन्द्र तोकिएको छ । यस्तै कपिलबस्तु, पर्वत, प्यूठान, दाङ् सुर्खेत, बाँके, बर्दिया, डोटी, कैलाली, डडेल्धुरा र कञ्चनपुरमा परीक्षा केन्द्र तोकिएको छ ।

Leave A Reply

Your email address will not be published.