Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पूर्पुरो : कार्यसिद्धि होस् – २०७५ भदौ २३ गते शनिबार

कर्ममै भगवानको बास हुन्छ । तसर्थ कर्म गरौं धर्म कमाऔं ।

  •  
  • 27
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries : रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। केही चुनौती पनि देखा पर्नेछन्। तर प्रयत्न गर्दा भैपरी आउने समस्या समाधान हुनेछन्।  पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus : अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। तापनि, समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। परिवारजनबाट टाढिनुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus : आकस्मिक खर्च बढ्नाले कर्जा लिनुपर्ने हुन सक्छ। पढाइमा प्रगति हुनेछ। तर आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ।  श्रमको उचित मूल्यांकन होला। प्रतिफल हातपार्न केही संघर्ष गर्नुपर्ला। जिम्मेवारी बढिरहनेछन् तर महत्त्वपूर्ण काम बीचमा रोकिनाले मन खिन्न हुनेछ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।  मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :   श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। आलस्य गर्ने बानीले उपलब्धि गुम्ने सम्भावना देखिन्छ, सजग रहनुहोला। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहे पनि गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ।  बुद्धिको उपयोगले मात्र लक्ष्य प्राप्त हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :  दिगो फाइदा हुने योजना बन्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। शुभचिन्तकहरूको साथले कर्मयोग बलियो रहनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ।  अरूको विश्वासमा पर्दा काम अधुरो रहन सक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :  भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। काममा साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio  :  रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम थालनी हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius : व्यापारमा फाइदा र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। कामको मेसो नमिल्दा पनि अलमल हुनेछ। तापनि गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। व्यावहारिक अलमलले बाधा पुर्याए पनि लगनशीलताले सफलता दिलाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:  मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। साझेदारीका समस्या सुल्झनाले सम्झौता हुन सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius : उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। सहयोगीहरूले हात झिक्नाले केही समस्या भने बढ्न सक्छ। प्रतिस्पर्धीहरूले अलि दु:ख देलान्। कृषिकर्म र व्यावसायिक काममा मनग्गे लाभ हुनेछ।  काममा सहयोगको आशा देखाउनेहरूबाट धोका पाइने सम्भावना देखिन्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :  हिसाबकिताबमा विवाद आउन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्नेछ। अरूको भरपर्दा काम बिग्रन सक्छ।  आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला।

Leave A Reply

Your email address will not be published.