Rashtriya Yuva Jagaran
Online Digital News

नेपाल बाह्य सैनिक अभ्यासमा सजग, विमस्टेक सैनिक अभ्यासमा नेपाल नजाने

  •  
  • 12
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

विमस्टेक राष्ट्रको सैनिक अभ्यासमा नेपाल सहभागी नहुने
समृद्धिको सपना देखाउने ‘विमस्टेक’ मा भारतीय दबदबा कायम गर्ने भारतीय रणनीतिलाई नेपालका सांसदहरुको सजगता र प्रधानमन्त्री ओलीको आँटले विफल तुल्याएको छ । नेपाली भूमिलाई माया गर्ने राष्ट्रवादी नेपालीका लागि अत्यन्तै गर्भिलो कामको मुक्तकण्ठले प्रशंसा गर्नै पर्दछ । यद्यपि अर्का महिना अर्थात असोज १ गतेदेखि चीनमा हुने संयुक्त सैनिक अभ्यासमा भने नेपाल सहभागी हुनेछ । नेपाललाई निस्वार्थ ढंगले सहयोग गर्ने चिनियाँ नीति बमोजिम नेपली सेनाको क्षमता अभिवृद्धिका निम्ति चिनमा उक्त संयुक्त सैनिक अभ्यास चिनियाँ जनमुक्ति सेनासँग सिचुवान प्रान्तको छेन्दुमा हुँदैछ । त्यसले नेपाली सेनालाई नयाँ शिल्पी कला सिकाउने छ । त्यहाँ कुनै स्वार्थ जोडिएको छैन । चिनले नेपालको समृद्धि चाहेको छ । भर्खरै मात्र हामीले पारवाहन सन्धी अन्तर्गत अब भुपरिवेष्टि नेपालले अन्तर्रा्ष्ट्रिय बजारसँगको सम्बन्धलाई अझ मजबुत र प्रगाढ बनाउँदै सामान निकासी र पैठारी गर्न चिनका बन्दरगाहहरुहरुको प्रयोग गर्न पाउने समेतको व्यवस्था भईसकेको छ । तर अहिलेसम्म भारतले एउटा मात्र मार्ग प्रयोग गर्न दिईरहेको त्यो पनि बेला बेलामा अनावश्यक रुपमा दुःख दिँदै आएको छ ।
विमस्टेकको चौथो सम्मेलनमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दबदबाले आतंकवादसँग लड्ने र त्यसको लागि संयुक्त सैनिक अभ्यास गर्ने भनेर निर्णय नै गरेको थियो । सोही निर्णय बमोजिम भारतको पुणे (पुना) मा एक हप्तासम्म चल्ने तयारी भईरहेको छ । विमस्टेकको सम्मेलन सकिने वित्तिकै हतार हतारमा यो सैनिक अभ्यास नै किन हुने भयो ? भन्ने आशंका जन्माएको छ । यस सम्मेलनले शान्तिप्रिय नेपालको कूटनीतिक तथा राजनीतिक क्षेत्रमा नकारात्मक असर पार्ने र दक्षिण एसिया र पूर्वी एसियामा आशंका जन्माउने भन्दै सत्तापक्ष र प्रतिपक्षले समेत विरोध गरेपछि प्रधानमन्त्रीले उक्त सैनिक अभ्यासमा सहभागी नहुने निर्देशन जारी गरेका हुन् । त्यसमाथि नेपाल शान्तिप्रिय देश हो । शान्तिका लागि नेपाली सेनाहरु विश्वका कुना कुनामा पुगेका छन् ।

खगेन्द्र कार्की

विराटनगर, २३ भदौ २०७५ शनिबार । नेपाल केही समय नेपालको भौगोलिक परिवेश र नेपालका संस्कार संस्कृतिमा देखिएका रुढीवादी प्रवृत्तिका कारण आन्तरिक द्वन्द्वमा फस्यौं । ति संस्कार, आचरण, शैली र व्यवहार बदल्न एउटा गुटले २०५२ सालदेखि जनयुद्ध ग¥र्यो र नेपालका स्वर्गीय राजा विरेन्द्रको ‘नेपाललाई शान्ति’ बनाउने सपनामा केही समय पूर्ण विराम मात्र लागेन शान्ति क्षेत्र प्रस्तावमाथि स्वीकृत दिने अर्थात् हस्ताक्षर गर्ने राष्ट्रहरुको विश्वनियतामा प्रश्नचिन्ह खडा भयो ।
तर अहिले नेपाल केही छिटफुट घटना बाहेक शान्तिपूर्ण अवस्थामा छ । ठूला आतंकका घटनाहरु तिस्तेज भईसकेका छन् । राजनीतिक कारणले केही व्यक्तिहरुले हिजोको शिकोबाट पुनः उस्तै मार्ग लिने छाँटकाँट देखिए पनि त्यसप्रति सरकार सम्वेदनशिल भएर उनीहरुसँग वार्ता गरी पूर्ण रुपमा देशलाई शान्तिमय बनाउँदै समृद्धिको बाटोमा अग्रसर गराउन तम्तयारका साथ कामहरु अगाडि बढाई रहेको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को मुख्य उद्देश्य भनेको प्राविधिक तथा आर्थिक सहयोगमार्फत समृद्धिलाई पुरा गर्ने । तर यहाँ जति खेर, जहाँ चाहे विमस्टेक होस वा सार्क दुवैमा भारतले आफूलाई सदैव हावी बनाउन आतंकवादसँगै जोडेर त्यसैमा सबैलाई तान्ने राजनीति गर्दै आएको छ । त्यसैको शिकार भएर सार्कको सम्मेलन पनि हुन सकिरहेको छैन । अहिले विमस्टेकको चौथो सम्मेलनमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दबदबाले आतंकवादसँग लड्ने र त्यसको लागि संयुक्त सैनिक अभ्यास गर्ने भनेर निर्णय नै गरेको थियो । सोही निर्णय बमोजिम भारतको पुणे (पुना) मा एक हप्तासम्म चल्ने तयारी भईरहेको छ । विमस्टेकको सम्मेलन सकिने वित्तिकै हतार हतारमा यो सैनिक अभ्यास नै किन हुने भयो ? भन्ने आशंका जन्माएको छ । यस सम्मेलनले शान्तिप्रिय नेपालको कूटनीतिक तथा राजनीतिक क्षेत्रमा नकारात्मक असर पार्ने र दक्षिण एसिया र पूर्वी एसियामा आशंका जन्माउने भन्दै सत्तापक्ष र प्रतिपक्षले समेत विरोध गरेपछि प्रधानमन्त्रीले उक्त सैनिक अभ्यासमा सहभागी नहुने निर्देशन जारी गरेका हुन् । त्यसमाथि नेपाल शान्तिप्रिय देश हो । शान्तिका लागि नेपाली सेनाहरु विश्वका कुना कुनामा पुगेका छन् ।
अमेरिकालगायत युरोपियन धेरै देशहरुलगायत विश्वका १ सय ३० राष्ट्रले नेपालले राखेको ‘शान्ति क्षेत्र प्रस्ताव’ माथि समर्थन जनाएको अवस्थामा भारतले मात्र सो प्रस्तावलाई समर्थन गरेको छैन । यस्तो अवस्थामा नेपालले भारतले भनेकै गर्नुपर्ने, भारतीय दवदबा कायम राख्नु पर्ने नेपालको विगतका संस्कारलाई यस पटक प्रधानमन्त्री केपी ओलीले ब्रेक लगाइदिएका छन् । यो प्रधानमन्त्रीको वैदेशिक नीतिको दर्बिलो हिम्मत हो । यसको सह्राना सबैले गर्नुपर्दछ ।
यसर्थ समृद्धिको सपना देखाउने ‘विमस्टेक’ मा देखिएको भारतीय दबदबालाई प्रधानमन्त्री केपी शर्मा ओलीको आँटले निरुत्साहित बनाउँदै भारतको पुणेमा यहि भदौ २५ देखि ३१ गते अर्थात सेप्टेम्बर १०–१६ सम्म हुन गईरहेको सैनिक अभ्यासमा नेपाली सेनालाई सहभागी नहुन प्रधानमन्त्रीले निर्देशन दिएका छन् । यो इतिहासकै ठूलो कदम पनि हो ।
नेपालीको परराष्ट्र नीतिमा द्वन्द्व चर्काउने नभई शान्तिपूर्ण ढंगबाट शान्ति कायम गने हो भन्ने कुराको राम्रो हेक्का भएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको पुणेमा हुने सैनिक अभ्यासमा जाने तयारीमा रहेका ३० जना उच्च तथा विभिन्न तहका सैैनिक अधिकारीहरुलाई उक्त अभ्यासमा नजान शुक्रबार निर्देशन दिएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।
सो सैनिक अभ्यासको समापनमा प्रधानसेनापति पुर्णचन्द्र थापासमेत जाने तयारीमा रहेका थिए । प्रधानमन्त्रीको निर्देशनले अब सो सहभागिता स्थगित भएको छ । सो सैनिक अभ्यासमा जान सम्पूर्ण तयारी भईरहेको अवस्थामा प्रधानमन्त्रीको निर्देशनपछि सबै रोकिएको उच्च सैनिक स्रोतले समेत बताएको छ । बिम्स्टेक सदस्य राष्ट्रका सेनाबीच पहिलो पटक हुन लागेको सैन्य अभ्यास अन्तराष्ट्रिय आतंकवाद र अन्तरदेशीय संगठित अपराधविरुद्ध केन्द्रित रहने बताइएको छ ।
नेपालका प्रधानमन्त्रीले गरेको सो निर्णय र निर्देशनको प्रभावले सो सैनिक अभ्यासमा सहभागिता जनाउने थाइल्याण्ड र म्यानमारले समेत पुर्नविचार गर्ने जनाईसकेको सैनिक उच्च स्रोतले बताएको अन्नपूर्ण पोष्टमा शम्भु कट्टेले आजकै अनलाईन संस्करणमा उल्लेख गरेका छन् ।
बिम्स्टेक सदस्य राष्ट्र भारतको आयोजनामा हुन लागेको उक्त अभ्यासमा भारतसहित बंगलादेश, भुटान, म्यान्मार, नेपाल, श्रीलंका र थाइल्यान्डका सेना सहभागी हुने तयारी थियो । अभ्यासमा प्रत्येक बिम्स्टेक राष्ट्रका ३० जना सैनिक अधिकारी सहभागी रहने भएकाले नेपाली सेनाले समेत सोहीअनुसार तयारी गरिरहेको थियो । नेपालबाट पाँच जना अधिकृत र २५ जना अन्य दर्जाका नेपाली सैनिक अधिकारी सहभागी हुने तयार थियो ।
अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागुऔषध कारोबारविरुद्ध लड्न बिम्स्टेक सदस्य राष्ट्रबीच थप सहकार्य बढाउने उद्देश्यले संयुक्त सैन्य अभ्यास हुने भनिएको छ ।
बिम्स्टेक राष्ट्रका सेनाबीच अन्तर्रा्ष्ट्रिय आतंकवादको योजना, कार्यान्वयन र तयारी गरिरहेका व्यक्ति वा समूहबारे जानकारी आदानप्रदान गर्नुका साथै त्यस्ता प्रकारका अपराधमा प्रत्यक्ष एवं परोक्ष रूपमा संलग्न व्यक्ति वा समूहको जानकारी आदानप्रदान हुँदै आएको छ ।
समृद्धिको सपना देखाउने ‘विमस्टेक’ मा भारतीय दबदबा कायम गर्ने भारतीय रणनीतिलाई नेपालका सांसदहरुको सजगता र प्रधानमन्त्री ओलीको आँटले विफल तुल्याएको छ । नेपाली भूमिलाई माया गर्ने राष्ट्रवादी नेपालीका लागि अत्यन्तै गर्भिलो कामको मुक्तकण्ठले प्रशंसा गर्नै पर्दछ । यद्यपि अर्का महिना अर्थात असोज १ गतेदेखि चीनमा हुने संयुक्त सैनिक अभ्यासमा भने नेपाल सहभागी हुनेछ । नेपाललाई निस्वार्थ ढंगले सहयोग गर्ने चिनियाँ नीति बमोजिम नेपली सेनाको क्षमता अभिवृद्धिका निम्ति चिनमा उक्त संयुक्त सैनिक अभ्यास चिनियाँ जनमुक्ति सेनासँग सिचुवान प्रान्तको छेन्दुमा हुँदैछ । त्यसले नेपाली सेनालाई नयाँ शिल्पी कला सिकाउने छ । त्यहाँ कुनै स्वार्थ जोडिएको छैन । चिनले नेपालको समृद्धि चाहेको छ । भर्खरै मात्र हामीले पारवाहन सन्धी अन्तर्गत अब भुपरिवेष्टि नेपालले अन्तर्रा्ष्ट्रिय बजारसँगको सम्बन्धलाई अझ मजबुत र प्रगाढ बनाउँदै सामान निकासी र पैठारी गर्न चिनका बन्दरगाहहरुहरुको प्रयोग गर्न पाउने समेतको व्यवस्था भईसकेको छ । तर अहिलेसम्म भारतले एउटा मात्र मार्ग प्रयोग गर्न दिईरहेको त्यो पनि बेला बेलामा अनावश्यक रुपमा दुःख दिँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.