Rashtriya Yuva Jagaran
Online Digital News

तिजको दरमा फुड प्वाइजन, पाँच दर्जन बढी बिरामी, उपचार हुँदै

देश विदेशबाट स्वास्थ्यलाभको कामनासहित दोषीलाई कारवाहीको माग

  •  
  • 33
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

युवा जागरण संवाददाता
काभ्रेपलाञ्चोक, २३ भदौ २०७५ । काभ्रेको एक सहकारी संस्थाले आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाँदा महिलाहरु बिरामी परेका छन् ।
सैयौं संस्थाका सदस्य महिलाहरुलाई भेला गरेर तिजको रमाइलो गर्ने क्रममा अखाद्य वस्तु प्रयोग गरेको खाद्यान्न खाँदा झण्डै ५ दर्जन बढी भनिए पनि प्रदेश साम्सद माननीय गोमा भुर्तेल सहित करिब ४०० को हाराहारीमा महिलाहरु बिरामी परेको काभ्रेपलाञ्चोक सेवा समाज कतारका अध्यक्ष नन्दराज ढुंगानाले आफ्नो फेसबुक स्टाटसमा राखेका छन् ।
काभ्रेको पाँचखाल नगरपालिका वडा नं. १२ को ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको तिज कार्यक्रममा दर खाँदा महिलाहरुको यस्तो हालत भएको हो ।
दर खाएर बिरामी भएकाहरुको उपचार धुलिखेल सामुदायिक अस्पताल र शिरमेमोरियल अस्पताल, केहीको पाँचखालस्थित गौतम मेडिकल र सदीप मेडिकल हल र केहीलाई काठमाडौं ल्याएर उपचार भईरहेको भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए । यद्यपि बिरामीहरुलाई स्थानीय मेडिकलमा सामान्य उपचार गरी धुलिखेल लगिएको छ । एपी खड्काका अनुसार बालबालिकाहरु बढी सिकिस्त रहेका छन् ।
काभ्रेपलाञ्चोक सेवा समाज कतारका अध्यक्ष नन्दराज ढुंगानाले बिरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै लापरवाही गर्ने दोषी उपर कारवाही गर्न माग गरेका छन् । उनले आफ्नो फेसबुकमा स्टाटस राखेर भनेका छन– प्रदेश साम्सद माननीय गोमा भुर्तेल सहित दर खाएर बिरामी परेका लगभग ४०० जना बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । साथै के कारणले यस्तो घटना घट्न पुग्यो स्थानिय निकाय, नगरपालिका लगायत प्रदेश सरकारले यथाशिघ्र छानबिन गरी दोषिलाई कडा कार्बाही गर्नका लागि जोडदार माग गर्दछौँ ।
९बिरामीहरुको पाँचखालस्थित गौतम मेडिकल र सदीप मेडिकल, धुलिखेल सामुदायिक अस्पताल, शिरमेमोरियल अस्पताल बनेपा र केहीको काठमाण्डौमा उपचार भैरहेको छ०

Leave A Reply

Your email address will not be published.