Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पूर्पुरो : कार्यसिद्धि होस् – २०७५ भदौ २४ गते आइतबार

कर्ममै भगवानको बास हुन्छ । तसर्थ कर्म गरौं धर्म कमाऔं । सबैका जन्मदाता बुबाको कल्याण होस् । बुबाको आर्शिवाद सदैव प्राप्त होस् ।

  •  
  • 16
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries : समाजसेवाका कामबाट लाभ हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । विश्वास गरेकाले साथ दिनेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । आज कुसे औंसी, बुबाको मुख हेर्न दिन भएको हुँदा परिवारभित्र रहनु भएका बुबाहरुलगायत मेष राशिका जातकहरुले मिष्ठान्न भोजन ग्रहण गर्न सक्नेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus : कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । नियमित खर्चसमेत बढ्ने योग छ । समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus : रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैशा खर्च हुने योगछ । अतिथीको सेवा होला । श्रमको उचित मूल्यांकन होला। प्रतिफल हातपार्न केही संघर्ष गर्नुपर्ला।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer : कार्य सिद्धिको योगछ । धर्म,कर्ममा रुचि बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । मनमा उत्साहका साथै बोली विक्ने समयछ । मन प्रसन्न रहला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :  धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहे पनि गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :  नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । मनमा दुविधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ । शुभचिन्तकहरूको साथले कर्मयोग बलियो रहनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ।  अरूको विश्वासमा पर्दा काम अधुरो रहन सक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :  आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । शुभकार्यको चर्चा चल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio  :  स्वादिष्ट भोजन पाईनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेममा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यापारलगायत आर्थिक लाभ हुने काम थालनी हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वत्तिय संस्थाबाट सहयोग पाईनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार सुन्नमा आउला ।  व्यावहारिक अलमलले बाधा पुर्याए पनि लगनशीलताले सफलता दिलाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:  गरेका कार्यमा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक धन खर्च होला ।  अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius : अनुहारमा कान्ति र मनमा शान्ति छाउला । श्रमको उचित मुल्याङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ।  प्रतिस्पर्धीहरूले अलि दु:ख देलान्। काममा सहयोगको आशा देखाउनेहरूबाट धोका पाइने सम्भावना देखिन्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :  लगनशीलताले कामहरू अगाडी बढ्नेछन । गरेका कामबाट राम्रै लाभ हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । आकस्मिक धन लाभ हुनेछ ।  मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्नेछ। अरूको भरपर्दा काम बिग्रन सक्छ।

Leave A Reply

Your email address will not be published.