Rashtriya Yuva Jagaran
Online Digital News

कुशेऔसी अर्थात बाबुको मुख हेर्ने दिन

  •  
  • 10
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

घरायसी गर्जो टार्नका लागि हजारौं बाबुहरु विदेशिन बाध्य छन् । छोराछोरीले देशबाट पर्वको अवसरमा सम्झना स्वरुप फोन कल, भिडियो कलमा रुनु सिवाय उनीहरुको अर्को विकल्प हुँदैन ।

…………………………………………………..

बाबाकै कुरा गर्दा हाम्रो देशमा महत्वपूर्ण योगदान दिने विभिन्न क्षेत्रबाट बाबा बन्नेहरुको लर्को पनि सानो छैन । सन्तानका बाबा फरक फरक भएपनि राष्ट्रिय योगदानका आधारमा बाबाहरु धेरै छन् । यतिखेर देशको नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओली देखि एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई हाम्रा अभिभावक आजको दिनमा भन्नुपर्दा बाबा नै हुन् । यसर्थ अन्नपूर्ण पोष्टले योगदानका आधारमा तयार पारेको बाबाहरुको तस्बिरमा हामीले प्रधानमन्त्री केपी शर्मा ओली र एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको तस्बिर जोडेका हौ। यसैगरी सबै प्रदेशका मुख्य मन्त्रीहरु आजको दिनमा राम्रो वा नराम्रो जस्तो काम गरेको भए पनि पदीय जिम्मेवारीमा रहेका कारण बाबा नै मान्नुपर्ने हुन्छ । यसर्थ जन्म बाबादेखि कर्मदिने देशका यि तमाम बाबाहरुलाई आज सम्झिनै पर्ने हुन्छ ।

सिर्जना कार्की

इटहरी (सुनसरी) । भाद्र कृष्ण औंसी अर्थात बाबुको मुख हेर्ने नेपाली सांस्कृतिक पर्व । सनातन धर्मावलम्बीहरुले घरघरमा, मठमन्दिरमा आज बाबुलाई सम्झने गर्दछन् ।
बुबा सबैको प्यारो हुन्छ । यद्यपि पछिल्लो समयमा घरायसी गर्जो टार्नका लागि हजारौं बाबुहरु विदेशिन बाध्य छन् । छोराछोरीले देशबाट पर्वको अवसरमा सम्झना स्वरुप फोन कल, भिडियो कलमा रुनु सिवाय उनीहरुको अर्को उपाय हुँदैन । कतिपय परिवारका बाबुहरु छोराछोरीलाई राम्रो शिक्षा दिक्षा दिने, उनीहरुको जिवन समृद्ध बनाउने सपना साँचेरै विदेशिएका छन् । अनि यस्तो चाडमा आफ्ना लालाबाटाबाट टाढा रहेर तस्बिर हेर्दा धेरु धुरु रुने बाबुहरु पनि धेरै छन् । यता धेरै बाबुहरु विभिन्न बृद्धाश्रममा बसेका छन् । कतिपयका छोराछोरीकै कारणले पनि बृद्धाश्रममा बस्न विवश छन् भने कतिपय असहाय भएर बृद्धाश्रम गएका छन् । तिनीहरुलाई ठाउँ, परिवेश अनुसार उनीहरुलाई सामाजिक अभियन्ताहरुले समेत खुवाउने गरेका छन् । छोराछोरीको पिरले वा छोराछोरीहरुले नहेरेर बृद्धाश्रम पुगेका बाबुआमाको आर्शिवाद भन्दा पनि तिनीहरुलाई बढी श्राप लाग्ने गर्दछ । तिनीहरु सन्तानको नाममा कलंक पनि हुन् ।

बाबाकै कुरा गर्दा हाम्रो देशमा महत्वपूर्ण योगदान दिने विभिन्न क्षेत्रबाट बाबा बन्नेहरुको लर्को पनि सानो छैन । सन्तानका बाबा फरक फरक भएपनि राष्ट्रिय योगदानका आधारमा बाबाहरु धेरै छन् । यतिखेर देशको नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओली देखि एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई हाम्रा अभिभावक आजको दिनमा भन्नुपर्दा बाबा नै हुन् । यसर्थ अन्नपूर्ण पोष्टले योगदानका आधारमा तयार पारेको बाबाहरुको तस्बिरमा हामीले प्रधानमन्त्री केपी शर्मा ओली र एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको तस्बिर जोडेका हौ। यसैगरी सबै प्रदेशका मुख्य मन्त्रीहरु आजको दिनमा राम्रो वा नराम्रो जस्तो काम गरेको भए पनि पदीय जिम्मेवारीमा रहेका कारण बाबा नै मान्नुपर्ने हुन्छ । यसर्थ जन्म बाबादेखि कर्मदिने देशका यि तमाम बाबाहरुलाई आज सम्झिनै पर्ने हुन्छ ।
नेपाली सांस्कृतिक क्षेत्रमा बेग्लै अर्थ र महत्व राखेको छ । यसर्थ हिन्दु सनातन धर्मावलम्बीहरुले यस पर्वलाई विशेष महत्वका साथ अधिराज्यभर मनाउने गर्दछन् । यसै दिन जन्मपिता कर्म दिने बाबु, लालनपालन गरेर, शिक्षा दिक्षा दिई आर्थिक उन्नति र प्रगतिको बाटोमा लगाउने अभिभावक बुबालाई उक्त दिन छोराछोरीले मनपर्ने वस्तु किनेर दिने, गच्छे अनुसार मिठोमसिना खान दिने प्रचलन रहि आएको छ । यसैगरी देव तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्रायाउँदै कुशेऔंसी पर्व पनि मनाइँदैछ । हरेक वर्षको भाद्र कृष्ण औंसीका दिन कुशे औंसीमा ब्राह्मणद्वारा विधिपूर्वक कुश काट्ने गरिन्छ । ‘यस दिन ब्राम्हमणद्वारा काटिएको कुश घरमै राख्ने र जजमान कहाँ लगिदिने चलन छ । ब्रम्हाण, गुरुहरुले कुश घरमा राख्नाले परिवारको कल्याण हुने, सुख शान्ति मिल्ने धार्मिक विश्वास छ । त्यही कुश वर्षभरिका पुजा, श्रद्धालगायतका कर्ममा चलाउने गरिन्छ । यस दिन प्रयोग हुने कुशको छुट्टै महत्व छ । धार्मिक र सांस्कृतिकदेखि स्वास्थ्यका दृष्टिकोणले पनि उपयोगी मानिन्छ । तराईदेखि पहाडसम्म पाइने एक किसिमको घाँस कुशको जराबाट विभिन्न आयुर्वे्दिक उपचार हुने वनस्पतिविद् बताउ“छन् । विशेष गरी धार्मिक तथा पितृकार्य गर्दा कुशको औंठी, ब्राम्हमण, मोटक, पवित्र, कुशको टुक्रा आदि प्रयोग गर्ने परम्परा छ । पौराणिककालमा कुशको प्रसंग उल्लेख छ । सत्ययुगमा जालन्धर पत्नी वृन्दाको पतिव्रता धर्म नष्ट गराएका भगवान् विष्णुलाई श्राप परी ‘घाँस हुनुपरोस्’ भनी कुश हुनु परेको श्रीषखण्ड पूराणमा उल्लेख छ । यसैगरी, गुरुडले माता विनितालाई दासत्वबाट मुक्त गराउन अमृत भण्डार लिन जाँदा कुश फेला परेको विष्णु पुराणमा उल्लेख छ । यसैगरी, कालकुट विष निकालेर आएको अमृत कुश भएको ठाउ“मा राखिँदा सर्पले अमृत भण्डारमा गएर खान खोज्दा कुशले जिब्रो काटिएकाले त्यतिबेलादेखि सर्पहरूको दुईओटा जिब्रो भएको कथन छ ।
बलिराजा र शुक्राचार्यबीच पनि कुशकै कारण मनमुटाव भएको प्रसंग पुराणमा छ । त्यस्तै, भगवान् बलरामले भूलवश सुतजीलाई मारेकाले त्यही स्मरणमा हरेक धार्मिक तथा पैतृक कर्म गर्दा कुशको ब्राह्मण बनाउने नियम बनेको पण्डित माधवप्रसाद शर्माले बताए । ‘कुशमा ब्रह्मा, विष्णु र महेश्वरको स्वरूप हुन्छ’ । बुबाको मूख हेर्ने दिन पितृ तथा गोकर्ण औंशीबाट प्रसिद्ध यस दिनलाई बाबुको मुख हेर्ने दिनका रूपमा लिने गरिन्छ ।
छोराछोरीले बाबुलाई मनपर्ने मिठाई तथा भोजन गराई सम्मान प्रकट गर्ने परम्परा छ । आफूलाई जन्म दिई लालनपालन गरी हुर्काएकामा बाबुप्रति कृतज्ञता ज्ञापन गर्न पितृ दिवसका रूपमा मनाइने यस पर्वमा छोराछोरीले बाबुलाई सम्मान गर्ने चलन छ ।

Leave A Reply

Your email address will not be published.