Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पूर्पुरो : कार्यसिद्धि होस् – २०७५ भदौ २५ गते सोमबार

कर्ममै भगवानको बास हुन्छ । तसर्थ कर्म गरौं धर्म कमाऔं ।

  •  
  • 22
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries  : मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । शुभकार्यको चर्चा चल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :मनमा दुविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । ताकेका काममा बाधा हुनेछ । नियमित खर्चसमेत बढ्ने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus : रमाइलो यात्राको सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रको कार्यमा सफलता मिल्नेछ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :  घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :  कार्यमा अवरोध आउला । व्यर्थको सास्ति खेप्नु पर्नेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । अधिक धन खर्च हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :  आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio  :  प्रेममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । श्रमदान गर्ने अवसर मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :इनाम र प्रतिष्ठा कमाउने बेलाछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । कला र गलाको प्रभाव बढ्नेछ ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:  वैदेशिक क्षेत्र कमजोर रहला । सौन्दर्यतामा धन खर्च हुनेछ । पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । स्वस्थ्य सम्बन्धि चिन्ता बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :अरूलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :  विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

Leave A Reply

Your email address will not be published.