Rashtriya Yuva Jagaran
Online Digital News

सुन्दरताका निम्ति तिज

  •  
  • 34
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

सिर्जना कार्की

विराटनगर (मोरङ), २६ भदौ २०७५ । सौन्दर्य तिजको एउटा अभिन्न पाटो बन्दै गएको छ । नयाँ नयाँ फेसनका राता कपडा पहिरिएर शिरदेखि गोडासम्म विभिन्न प्रकारका गहना लगाएर महिलाका पारिवारिक, देशमा परेका विभिन्न दैविक विपत्तिदेखि अनेकौं प्रकारका भाकाहरु निकालेर गित गाउँदै नाच्ने समेत गर्दछ । हुन आजकल तिजका गितहरु प्रशस्त रुपमा निस्कन थालेका छन् । तिज आउनु ६ महिना अगावैदेखि तिज पर्वलाई सम्झाउने काम सांगीतिक मौहालले गरिदिएकै कारण तिजको चर्चा निकै लामो सयमदेखि हुने गरेको छ ।
तिजको रमझम आएको छ । विशेष गरेर महिलाहरुको पवित्र पर्व तिजमा अत्याधिक मात्रामा गहनाको प्रयोग हुने गर्दछ । साउनदेखि गहनाले प्राथमिकता पाउँदै आए पनि तिजमा यसको प्रयोग अत्याधिक हुने गर्दछ । सबैले आ–आफ्नो गच्छे अनुसारका गहना लगाएर देखाउने गर्दछन् । कतिपयले देखावटीको लागि नै भए पनि डुब्लीकेट गहनाको प्रयोग गरेर पनि चित्त बुझाएका हुन्छन् । बजारमा डुब्लिकेट गहनाहरुको व्यापार पनि त्यतिकै भईरहेको छ । सुनका गहना किन्दा डुब्लिकेट पर्ने हो कि भन्ने त्रास पनि त्यतिकै रहन्छ । यद्यीप गहना गहनै हो त्यसको प्रयोग अत्याधिक छ ।
हामी गहनै किन लगाउँछौं त ? यसका धार्मिक, सांस्कृतिक साउन महिना, जहाँ हामी मेहेन्दी लगाउँछौं, चुरा लगाउँछौं, हरियो, रातो वा पहेंलो लुगा लगाउँछौं । समग्रमा भन्नुपर्दा यो शृंगार वा फेसनको महिना पनि हो । शृंगारमा हामी आभूषण प्रयोग गर्छौं । चुरा, पोतेसँगै विभिन्न किसिममा मूल्यावन् धातुबाट निर्मित गर–गहना लगाउँछौं । आखिर किन यसको प्रयोग गरिन्छ ? आकर्षक देखिनका लागि मात्र हो कि अरुपनि कारण छन् ? भन्नलाई त भनिन्छ, विद्या नास्ति शरीर भूषणम् । मानिसका लागि विद्या नै सबैभन्दा ठूलो गहना हो तर यो गहना सितिमिति देखिंदैन । सबैले देख्ने गहना पो गहना ! गहनाको प्रचलन प्राचीन समयदेखि नै रहेको पाइन्छ । जब मानिसमा चेतनाको विकास भयो, तबदेखि नै मानिसले गहनाको प्रयोग गर्न थालेको पाइन्छ ।
पहिले महिला तथा पुरुष दुवैले गहनाको प्रयोग समान तवरले गर्ने गरिए पनि समय क्रमसँगै गहना महिलाको पर्याय बनेको देखिन्छ । महिला र पुरुष एक अर्काको पूरक हुन् तर प्रकृतिले दुवैको स्वरूप फरक फरक बनाएको छ । मन तथा तन दुवै दृष्टिले महिला पुरुषभन्दा भिन्न हुन्छन् । महिलाहरू बढी संवेदनशील हुन्छन् । तुलनात्मक रूपले पुरुष कठोर । बाहृय स्वरूपका हिसाबले पनि उनीहरूको प्रकृति भिन्न हुन्छ । महिलामा हारमोन्स उतार– चढावको प्रभाव बढी हुन्छ ।
यसै कुरालाई मध्यनजर गरी प्राचीन समयका ऋषिमुनिहरूले केही त्यस्ता साधन निर्माण गरे जसबाट महिलाको
शारीरिक एवं मानिसिक स्वास्थ्यको रक्षा हुन सकोस् । प्रचलन बढ्दै जाँदा यस्ता साधनलाई समेत सुन्दर गहनाका रूपमा अंगिकार गर्न थालियो र नियमपूर्वक पहिरन थालियो । प्रकृतिको हिसाबले सुनका गहनाले गर्मी तथा चाँदीका गहनाले चिसो गर्छ । नियम बनाउँदा यिनै कुराको ख्याल गरी कम्मरभन्दा माथिको भागमा सुनको गहना तथा कम्मरभन्दा तल चाँदीको गहना लगाउने नियम बनाइयो । यो नियम पालन गर्दा शरीरमा तातो र चिसोको सन्तुलन रहन्छ । यहाँ केही त्यस्ता गहनाको जानकारी दिइएको छः

चुरा लगाउनुको फाइदा
– चुरा लगाउँदा नाडीको छालामा घर्षण भएर हातको रक्त संचार बढ्छ । यो घर्षणबाट एक प्रकारको ऊर्जा पैदा गर्छ जसले थकान हटाउन सहयोग गर्छ ।
– नाडीमा चुरा र बाला लगाउनाले श्वास तथा मुटु रोगको सम्भावना कम हुन्छ । चुराले मानसिक संतुलन
कायम राख्न समेत सहयोग गर्छ ।
– चुकेको वा चिरा परेको चुरा भने लगाउनु हुँदैन । यसबाट नकारात्मक ऊर्जा बढ्छ ।
ड्ड रातो तथा हरियो रंगको चुरा सबैभन्दा असरकारक मानिन्छ ।
बिछिया लगाउनुको फाइदा
– विवाहित महिलाहरूले गोडाको बीचका तीनवटा औँलामा बिछिया लगाउँछन् । यो गहना श्रृंगारको वस्तु मात्र होइन । दुवै गोडामा बिछिया लगाउँदा महिलाहरूको हार्मोनल सिस्टमले राम्रो काम गर्न थाल्छ । यसलाई लगाउनाले थाइराइडकोसंभावना कम हुन्छ ।
– बिछियाले एक्यूप्रेशर उपचार पद्धतिका रूपमा कार्य गर्छ जसबाट शरीरको तल्ला अंगहरूको स्नायु तन्त्र एवं
मांसपेशी सबल रहन्छ ।
– बिछियाले एक खास नसामा प्रेशर बनाउँछ जसले गर्भाशयमा समुचित रक्तसंचार प्रवाहित गर्छ । यसले
महिलाको गर्भधारण क्षमता स्वस्थ राख्छ ।
– माछाजस्तो आकारको बिछिया सबभन्दा असरदार मानिन्छ । पाउजु लगाउनुको फाइदा
– पाउजुले पैतालाबाट निस्कने शारीरिक विदयुत ऊर्जालाई बाहिर निस्कन नदिई शरीरमै संरक्षित गर्छ ।
– पाउजुले महिलाहरूको पेट तथा त्यसभन्दा तल्लो अंगमा बोसो जम्मा हुने गति रोक्छ ।
– वास्तुशास्त्रका अनुसार पाउजुको छनछनले नकारात्मक ऊर्जालाई टाढा भगाउँछ ।
– चाँदीको पाउजुले पैतालामा घर्षण गरी त्यहाँको हाड्डी बलियो पार्छ ।
– पाउजु लगाउनाले महिलाहरूको इच्छा–शक्ति बलियो हुन्छ ।
– याद राख्नुपर्ने कुरा के छ भने पाउजु सदैव चाँदीकै लगाउनुपर्छ । सुनको पाउजु लगाइयो भने शारीरिक तापक्रमको सन्तुलन गडबड हुन्छ र अनेकथरि रोग उत्पन्न हुनसक्छ ।

Leave A Reply

Your email address will not be published.