Rashtriya Yuva Jagaran
Online Digital News

पुजाकर्ममा अग्रस्थानमा बसेका गणेशको आज जन्मोत्सव

  •  
  • 1.2K
  •  
  •  
  •  
  •  
  •  
    1.2K
    Shares

युवा जागरण संवाददाता
विराटनगर, २८ भदौ २०७५ । आज हरेक धार्मिक कर्ममा अग्रस्थानमा बस्ने गणेशको जन्मोत्सवको दिन । भाद्र शुक्ल चतुर्थीका दिन गणेशको जन्मोत्सव मनाइन्छ ।
शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकारप्राप्त छ। हरितालिका (तीज)को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहि आएको पण्डित कमल दाहालले बताए । दाहालका अनुसार मध्याह्नकालमा ऋद्धि, सिद्धिसहितका गणेशको पूजा गरी अर्घ चढाउने विधि छ।
भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले आज जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान ‘गणेश पुराण’मा उल्लेख गरिएको छ। मङ्गल चतुर्थीसमेत भनिने आजका दिन विराटनगर, इटहरी, धरानलगायत पूर्वी नेपाल मात्र नभएर अधिराज्यभरका विभिन्न मठमन्दिरमा गणेश भगवानको पुजाआर्चना गर्न भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ ।

Leave A Reply

Your email address will not be published.