Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्यसिद्धि होस् – २०७५ भदौ २८ गते बिहीबार

कर्ममै भगवानको बास हुन्छ । तसर्थ कर्म गरौं धर्म कमाऔं ।

  •  
  • 28
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries : व्यापारमा राम्रो फाइदा हुनेछ।  रोप्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। सहयोगीहरूले पनि हिम्मत दिलाउनेछन्। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :   प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।  काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। परिस्थितिले चुनौतीहरू निम्त्याए पनि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला, दिउँसोदेखि सहयोगीहरूले साथ दिनेछन् भने भाग्यले विभिन्न अवसर जुराउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :  रमाइलो यात्रा हुन सक्छ।  उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। दिउँसोदेखि परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :  प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।  दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मध्याह्नदेखि विशेष अवसर र चुनौती एकसाथ देखा पर्नेछन्। परिवारजनको साथले मन उत्साहित हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :  गुरुजनसँग मित्रता बढ्नेछ।  मिहिनेतले विशेष स्थान दिलाउन सक्छ। अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने अवसर जुट्नेछ। मध्याह्नदेखि केही चुनौतीहरू देखा पर्नेछन्। तापनि लगनशीलताले फाइदा दिलाउनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :  सुखद् समाचारले उत्साह जगाउनेछ।  प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि पठनपाठनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सोख र आलस्यका बीच काम प्रभावित हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :  शुभचिन्तकहरूले काममा साथ दिनेछन्। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। दिउँसोदेखि घरेलु काममा जुट्नुपर्ने आवश्यकता पर्न सक्छ।  आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio  :  प्रतिस्पर्धीहरूले अलि सताउनेछन्।  बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। प्रशंसकहरू बढ्नेछन्।  मध्याह्नदेखि समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius : आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरु हुनेछ।  विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn: पारिवारिक जमघटले मन आनन्दित हुनेछ।परिस्थितिले आकस्मिक खर्च गराउनेछ। सरसापट वा कर्जा लिएर पनि धन खर्च गर्नुपर्ला। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। मध्याह्नदेखि मिहिनेतले आत्मविश्वास बढाउनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius : मध्याह्नपछि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्।  श्रमको उचित मूल्यांकन हुनेछ। लाभांश बढ्नाले ऋणमोचन हुने सम्भावना छ। आफन्तहरू टाढिनेछन्। परिस्थितिवश फजुल खर्च बढ्न सक्छ। समयमा आलस्य गर्दा पछि धोका पाइनेछ। अर्थ संग्रहमा बाधा पुग्नेछ। लगनशील बन्दा नियमित काम सम्पादन हुनेछन्। मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : मिहिनेतले विशेष स्थान दिलाउन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ। मध्याह्नदेखि आयस्रोत बढ्नेछन्।  अरूको मुख ताक्नाले काममा पछि परिनेछ। लाभांश अरूका लागि खर्च हुन सक्छ।

Leave A Reply

Your email address will not be published.