Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्यसिद्धि होस् – २०७५ भदौ २९ गते शुक्रबार

कर्ममै भगवानको बास हुन्छ । तसर्थ कर्म गरौं धर्म कमाऔं ।

  •  
  • 39
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries : अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाजुभाइ तथा दिदीबहिनीले तपाईंको विचारलाई समर्थन गर्नेछन् । व्यापारमा मनग्ये धनलाभ हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :   चिन्ता छाडेर चिन्तन गर्ने समयछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । पारिवारिक सद्भाव बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :  महिला वर्ग बाट सहयोग मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :  आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । जीवनसाथी संग राय बाजिने छ । प्रेममा मतभेद बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :  कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ । शुभ समाचार सुन्न पाइएला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :  धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra : रोकिए पनि दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुन सक्छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio  :   अरुको भर पर्दा धोका पाइने, हानि हुने र विश्वास गुम्ने सम्भावनाछ । मनमा वैराग्यको भावना पलाउन सक्छ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius : आँटेको र ताकेको कार्य पुरा होला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । आस मारेको काम बन्नेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:आफन्त तथा साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । रोमाञ्चक यात्रा होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :बोलीको भरमा कार्य सम्पादन हुनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : अपेक्षित काममा सोचेभन्दा बढी मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्नसकिएला । घर परिवारमा झै–झमेलाको अवस्था आउला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

हाम्रो पात्रोबाट

Leave A Reply

Your email address will not be published.