Rashtriya Yuva Jagaran
Online Digital News

धातुजन्य पदार्थ प्रयोग गर्ने श्रमिकहरु विश्वकर्मा बाबाप्रति समर्पित बन्दै

  •  
  • 1.3K
  •  
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

युवा जागरण संवाददाता
विराटनगर, १ असोज २०७५ । नेपाल अधिराज्यभर धातुजन्य पदार्थमा श्रम गर्नेहरुका निम्ति आज विशेष उत्सवको दिन हो । विश्वकर्मा बाबाको पुजा आजा गरेर धातुबाट हुने जोखिमबाट ( अप्रिय घटनाबाट बच्न) बचेर समृद्धिको बाटो लाग्ने अपेक्षा गर्दै धुमधामपूर्वक पुजाआजा गरेर विविध कार्यक्रमका साथ मनाइँदैछ । विशेष गरेर फलामबाट बनेका मेसिनरी, सवारी धान, कलकारखाना, उद्योगधन्दाहरुमा अत्यन्तै महत्वका पुजा आजा गर्ने गरिएको छ ।
श्रमिकले श्रमका देवताका रुपमा विश्वकर्माको विषयमा पौराणिक कथा अनुसार विश्वकर्मालाई वास्तुका छोरा मानिन्छ ।
पौराणिक युगका सबै राजधानी बाबा विश्वकर्माले निर्माण गरेको जनविश्वास रहि आएको छ । यही विश्वासमा अहिले पनि धनधान्य र सुख समृद्धीको चाहना राख्नेहरुले विश्वकर्माको पूजा गर्ने गर्दछन् । उद्योगी र श्रमिकबीचको आपसी सम्वन्ध बलियो पार्न यो दिनलाई महत्वपूर्ण अवसरका रुपमा लिइन्छ ।
द्धापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्धारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद्हरुको भनाई रहँदै आएको छ ।
प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्धारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मान्ने गरिन्छ ।
यही सम्झनामा नेपालका कालीगढले भव्य रूपमा विश्वकर्मा बाबाको पूजा गरी बाबाको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् ।

Leave A Reply

Your email address will not be published.