Rashtriya Yuva Jagaran
Online Digital News

चौथो संविधान दिवस भव्य मनाउने गरी सबैतिर तयारी पुरा

  •  
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

युवा जागरण संवाददाता
विराटनगर, ०३ भदौ २०७५ । २०६४ चैत्र २८ गते भएको पहिलो संविधानसभाको निर्वाचनबाट विजयी राजनीतिक दल तथा सांसदहरुले संविधान बनाउन सकेनन् । त्यसपछि २०७० मंसिर ४ गते अरबौं खर्च गरेर पुनः दोस्रो संविधानसभाको निर्वाचन गरेर २०७२ असोज ३ गते २०७२ असोज ३ गते तत्कालिन राष्ट्रपति रामवरण यादवबाट जारी भएको नेपालको संविधानले ३ वर्ष पुरा गरी चौथो वर्षमा प्रवेशको अवसरमा दिवस भव्य रुपमा मनाउने तयारी गरिएको छ ।
चौथो संविधान दिवसका अवसरमा प्रदेश नम्बर एकको सरकार, विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, उर्लाबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, बुढीगंगा गाउँपालिका, दुहवी नगरपालिका, इनरुवा नगरपालिका, गढी गाउँपालिका, सुन्दरहरैंचा नगरपालिका, भोजपुरको अरुण गाउँपालिकालगायत एक नम्बर प्रदेशका सबै स्थानीय तहमा संविधान दिवस भव्य रुपमा मनाउने तयारी गरिएको बुझिएको छ ।
उता काठमाडौंमा चौथो संविधान दिवसको भव्य तयारी पुरा भएको जनाइएको छ ।
दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्दैछ।
समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्री, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति रहने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।
समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाबाट विभिन्न जातजातिको वेशभूषा झल्कने झाँकी प्रदर्शन, काठमाडौँ र ललितपुर महानगरपालिकाबाट विशेष झाँकी प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ।
त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा रोचक कार्यक्रम प्रस्तुत गरिनाका साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्रीद्वारा विशेष सम्बोधन गरिने छ।
त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने र असोज २, ३ र ४ गते दीपावली गरिने मन्त्रालयले जनाएको छ।
काठमाडौँ उपत्यका बाहिरका प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहमा सरसफाइ, प्रभातफेरी, खेलकुद, प्रवचन गोष्ठी, साहित्यिक गोष्ठी, सांस्कृतिक कार्यक्रम र विभिन्न झाँकी प्रदर्शनी गरिनाका साथै असोज २, ३ र ४ गते दीपावली गरिने छ।
सरकारले संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा ३३ सदस्यीय मूल समारोह समिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र कामपाको संयोजकत्वमा मञ्च सजावट व्यवस्था उपसमिति गठन गरेको थियो।
काठमाडौं महानगरपालिकाले सर्वसाधारणका लागि तीन हजार र विशिष्ट व्यक्तिका लागि दुई हजार कुर्सी राखिसकिएको जानकारी गराएको छ ।
आज मनाइने संविधान दिवसका लागि कामपाले केही स्थानमा वृक्षरोपण, सरसफाइ, मञ्च सजावटजस्ता काम पनि गरेको छ। त्यसैगरी समारोहमा पुष्पवृष्टि गरिनाका साथै विकासे र सांस्कृतिक झाँकी प्रदर्शन गरिने कामपाले बताएको छ।
कार्यक्रम अवधिभर दमकल, एम्बुलेन्सलगायत आवश्यक सेवा तैनाथ हुनेछ। काठमाडौँ उपत्यकाका सबै नगरपालिकाको परम्परागत, सांस्कृतिक र जातीय पहिचानसहितको झाँकी र विभिन्न पेशागत समूहको प्रदर्शनका लागि कामपाले सहकार्य गरेको छ।

Leave A Reply

Your email address will not be published.