Rashtriya Yuva Jagaran
Online Digital News

ताजिया बनाएर महोर्रम पर्व मनाउँदै इस्लामिक समुदाय

  •  
  • 25
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares

युवा जागरण संवाददाता
विराटनगर ६ असोज २०७५ । यतिखेर इस्लामिक क्यालेण्डर फेरिएकोछ । सो क्यालेण्डर अनुसारको पहिलो महिना रमजामपछि पवित्र महिनाका रुपमा लिएर ताजिया बनाएर महोर्रम सांस्कृतिक पर्व धुमधामसँग इस्लामिक दाजुभाईहरु मनोरञ्जनात्मक ढंगबाट पर्व मनाईरहेका छन् । विराटनगर, इटहरी, दुहवी, इनरुवालगायत मुस्लिम समुदायका दाजुभाईहरु भेला भएर विभिन्न ठाउँमा यो पर्व मनाइरहेका छन् । हातमा लाठि बजाउँदै बाजागाजाका साथ नगर परिक्रममासहित यो पर्वको सुरुवात गरेका छन् । इमाम हुसेन जसलाई सिरियाको करवाल भन्ने ठाउँमा अत्यन्तै क्रुर ढंगबाट मारिएकोमा सहिदको सम्झना गर्दै यो पर्व मनाउने गरिन्छ । यस पर्वमा अस्त्रशस्त्रसँग खेलेर क्रुर धार्मिक तानाशाह यजिद स्लामका विरुद्धमा युद्ध लडेको आभास दिने गरी आफ्नो शरिरभरि रगताम्मे बनाएर खेल खेल्ने गरिन्छ । हजरत मोहम्मद मुस्तफा सल्लह सलमका नाति इमाम हुसेनलाई अत्यन्तै अमानविय र क्रुर ढंगबाट हत्या गरेको विरुद्धमा र इमामको सम्झनामा यो पर्व मनाउने गरिन्छ । यस पर्वमा मुस्लिम समुदायका भक्तहरु उपबास समेत बस्ने गर्दछ । चार वर्षमा एक पटक आउने यो पर्व १० दिनसम्म मनाउने गरिन्छ । इमाम श्रीमति र बच्चाको साथमा मदिनाबाट इराकतर्फ जाँदै गर्दा तानाशाह यजिदले आफ्नो सिपाही तैनाथ गरेर उनलाई घेराबन्दीमा पार्दा पनि इमामले त्यसको प्रतिकार डटेर सामना गरेका थिए । इमामले दुस्मनसँग यति धेरै रडे कि दुस्मनले उनलाई मार्न सक्ने अवस्था देखेन, अन्ततः मोहर्रमको १० औं दिनमा इमाम नवाज पढिरहेको बेलामा झुक्याएर उनलाई मार्न सफल भए । यसर्थ यो पर्वलाई अत्यन्तै श्रद्धा र भक्तिका साथ इस्लामिक समुदायले मान्ने गरेका कथाहरु भेटिन्छन् ।

(समचारमा कुनै कमीकमजोरी भए सच्याएर पठाउनु हुन अनुरोध छ ।
।–सम्पादक)

Leave A Reply

Your email address will not be published.