Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्यसिद्धि होस् – २०७५ असोज १६ गते मंगलबार

कर्ममै भगवानको बास हुन्छ । तसर्थ कर्म गरौं धर्म कमाऔं ।

  •  
  • 38
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :  आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । पुनर्मिलनको योग रहेको छ । कतै घुम्न जाने आकस्मिक योजना बन्न सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :   लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । सबैले तपार्इंको काममा कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन् । सानातिना बाधा आइलागे पनि समस्या समाधान हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :  दैनिक कार्यमा प्रगति हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धर्म,कर्ममा मन लाग्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :   जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । मिलनसार साथीले नै धोका दिन सक्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :  जोश जाँगर र हिम्मत बढ्नेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आकस्मिक उपहार प्राप्त हुनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo : मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :  बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio  : कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउने छ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :  शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य अघी बढ्नेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:  एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । कुनै कारणवश रोकिएको कामले पनि गति लिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius : शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :  मन भावुक र उत्ताउलो बन्नेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । व्यक्तिगत खुसीका लागि पनि केही खर्च होला । स्वास्थ्य एवं खानपानमा सजगता अपनाउनु होला ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

हाम्रो पात्रो

Leave A Reply

Your email address will not be published.