Rashtriya Yuva Jagaran
Online Digital News

चिकित्सा नोबेल पुरस्कार अमेरिकी र जापानीज बैज्ञानिकलाई

  •  
  • 15
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं, १६ असोज २०७५ ।
यस वर्षको चिकित्सा क्षेत्रतर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक जेम्स एलिसन र जापानी तासुकु होन्जोलाई दिइने भएको छ।
क्यान्सर उपचारबारे उनीहरूले गरेको परिवर्तनकारी अध्ययनका लागि यो पुरस्कार दिइने भएको हो। सोमबार स्वीडेनमा आयोजित कार्यक्रममा नोबेल समितिले पुरस्कार घोषणा गरेको हो।
यी दुई वैज्ञानिकले क्यान्सर लागेको कोषसँग लड्न कस्तो किसिमको प्रतिरोधी क्षमता विकास गर्नुपर्छ भन्नेबारे छुट्टाछुट्टै अध्ययन गरेका थिए।
उता साहित्यतर्फको नोबेल पुरस्कारका लागि मनोनयन गरिएका ७२ वर्षीय फ्रान्सेली साहित्यकार जाँ–क्लाउड आर्नोल्टलाई भने स्वीडेन अदालतले बलात्कार आरोपमा दुई वर्ष जेल सजाय सुनाएको छ।
स्टकहोम जिल्ला अदालतले साहित्यकार आर्नोल्ट दोषी रहेको पुष्टि भएको बताएको छ। आर्नोल्टकी पत्नी स्विडिस एकेडेमीकी सदस्य छिन् । यही एकेडेमीले साहित्यतर्फको नोबेल पुरस्कारका विजयी घोषणा गर्छ। यिनै दुई विवादका कारण यसवर्ष साहित्यतर्फको नोबेल पुरस्कार नदिइने भएको छ।
बलात्कार आरोप नोभेम्बर २०१७ मा उठेको थियो। हलिउडका चर्चित व्यक्तित्व हार्भे वाइन्स्टाइनमाथि बलात्कारमा दोषी पाइएसँगै साहित्यकार आर्नोल्टको मुद्दा सार्वजनिक भएको हो। स्वीडेनको दैनिक अखबार डाजेन्स न्यीटरले आर्नोल्टमाथि १८ जना महिलाले बलात्कार, यौनशोषण वा तनाव दिएको दाबी गरेको खबर छापेको थियो। नागरिक न्युजबाट

Leave A Reply

Your email address will not be published.