Rashtriya Yuva Jagaran
Online Digital News

साना माछा थुन्दै ठूला छोड्दै

  •  
  • 29
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

विराटनगर, १८ असोज २०७५ । सरकारले विभिन्न काण्डमा आशंका गरिएका व्यक्तिहरुलाई समात्ने, निलम्बन गरी छानविन गर्ने तर अन्तमा ठूलो जति छोड्ने र सानालाई मात्र कानुन लगाउने परिपाटी बसालेको छ । हुन यो अहिलेको रोग होइन । यो गलत परिपाटीलाई दूई तिहाईको शक्तिशाली त्यसमाथि कम्युनिष्टको सरकारले चिर्छ भन्ने आम जनताको अपेक्षा विफल भएको छ । जुन परिपाटीले निर्दोष सावित भए पनि एकातिर व्यक्तिगत मानमर्दनको खिल्ली उडाएको, व्यक्तिगत धब्बा लागेको छ भने अर्कातिर यतिका दिनसम्म भोगेको तनाव, कारवाहीका सिलसिलाले उसको जिवन लाश झै बनेको छ ।
कुनै पनि व्यक्तिलाई आशंका त्यतिकै गरिँदै कुन कुनै रुपमा घटनामा सामेल भएको देखिएकै कारणले उसलाई आशंका गरेर पक्राउ गर्ने र अनुसन्धान प्रक्रिया अगाडि बढाउने काम गरिन्छ यसर्थ एक पटक पक्राउ गरेर जनतालाई देखाएर पुनः छोड्नुको अर्थ के ? भन्ने आम जनताको प्रश्नले यति सजिलै उत्तर त पाउने अवस्थामा पनि देखिँदैन । विभिन्न काण्डमा मुछिएका र सरकारी पद धारणा गरेका व्यक्तिहरु केही कालखण्डपछि सरकारले छोडेकै मात्र प्रमाण छन् कारवाही अहिलेसम्म कसैलाई गरेको छैन ।
आशंकामा पक्राउ गर्नु अघि वा पद धारणा गरेको व्यक्तिलाई निलम्बन गर्नु अघि नै
राम्ररी अनुसन्धान गरेर उनीहरुको गल्ति भए कारवाही र गल्ति नदेखिए उसको व्यक्तिगत जिवनमा कालो दाग लाग्न नदिने तर्फ सरकार सचेत रहनु पर्ने हुन्छ ।
पछिल्लो समयमा ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवस लोहनी र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनालको निलम्बन फुकुवा गरिएको छ।
सुन तस्करीमा सघाएको भन्दै गृह मन्त्रालयद्वारा सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित छानविन समितिको अनुसन्धानका क्रममा निलम्बनमा परेका महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमुख लोहनी र मकवानपुरका प्रहरी प्रमुख खनालको निलम्बनलाई गृहसचिव प्रेम राईले फुकुवा गरेको स्रोतले जानकारी दिएको छ।
सुन तस्करी प्रकरणको छानविनका क्रममा नियन्त्रणमा समेत परेका लोहनी र खनाललाई उच्च अदालत विराटनगरले केही दिनअघि साधारण तारेखमा रिहा गरेको थियो।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीका अनुसार सुनकाण्डमा मुछिएका अपराध महाशाखाका डीएसपी प्रजित केसीको निलम्बन फुकुवाको प्रक्रिया समेत सुरु भएको छ। यद्यपी फुकुवा भने भइसकेको छैन्।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाले भने निलम्बन फुकुवाको पत्र गृहबाट आइनसकेको बताए। ‘गृहबाट पत्र आएपछि उहाँहरु जिम्मेवारीमा फर्किनुहुन्छ’, उनले भने।

Leave A Reply

Your email address will not be published.