Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो: कार्यसिद्धि होस् – २०७५ असोज २० गते शनिबार

कर्ममै भगवानको बास हुन्छ । तसर्थ कर्म गरौं धर्म कमाऔं ।

  •  
  • 39
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :  नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति हात पर्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :   नाक तथा घाँटीमा समस्या आउला । सामान हराउने योग छ । राजनैतिक कार्यमा बाधा आउनेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus : नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :  आम्दानी प्रशस्तै बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :  प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo : अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । फलदायी यात्रा नहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :   प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिने छ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio  :  ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius : श्रमको उचित मुल्याङन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला । मन खिन्न हुने स्थिति आउनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius : अधुरो काम पूरा हनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्र बाट विशेष सहयोग पाईनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

हाम्रो पात्रो

Leave A Reply

Your email address will not be published.