Rashtriya Yuva Jagaran
Online Digital News

एकै व्यक्ति दुई सहकारीमा बस्न नपाउने

  •  
  • 35
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares

युवा जागरण संवाददाता
इटहरी, असोज २१ गते । आउँदो वर्ष अरुको भन्दा फरक ढंगका ‘क्रिएटिभ’ कामहरु सुविधा बचत तथा ऋण सहकारी संस्थाबाट भएको हेर्ने र सुन्ने आफ्नो चाहना रहेको इटहरी उपमहानगर उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा आयोजित एक कार्यक्रममा बताइएन् ।
इटहरी वडा नं. १७ मा स्थापित सुविधा बचत तथा ऋण सहकारी संस्थाको ९औं वार्षिक साधारणसभाका अवसरमा प्रमुख अतिथिको आशनबाट बोल्दै उपमेयर गौतमले उक्त कुरा बताएकी हुन् ।
गौतमले भनिन्– एउटा सहकारीको सञ्चालक समितिमा बसेको व्यक्ति अर्को संस्थाको सञ्चालक समितिमा बस्न नपाउने गरी इटहरी उपमहानगरापलिकाले नयाँ ऐन ल्याएको इटहरी उपमहानगर उपप्रमुख लक्ष्मी गौतमले बताईन ।
गौतमले एउटा व्यक्ति धेरै वटा सहकारीमा बसेर कुनै योगदान गर्न नसक्ने भएकोले एक व्यक्ति एक सहकारी सञ्चालकको अवधारणा अनुरुप एउटा सहकारीमा बसेको व्यक्ति अर्को सहकारीमा बस्न नपाउने व्यवस्थासहितको ऐन आएको र सो बमोजिम अध्यक्ष, लेखा समिति र व्यवस्थापक बन्न अन्य सहकारीमा जान नपाउने बाध्यकारी व्यवस्था गरेको छ । गौतमले एउटा व्यक्ति ६ वटा सम्म सहकारी संस्थामा बसेर एउटा सहकारीलाई ४५ मिनेट समय दिएर काम गरेको समेत पाइएको र त्यो प्रभावकारी नदेखिएको हुँदा उक्त नयाँ बाध्यकारी ऐन ल्याइएको बताईन् ।


गौतमले इटहरी उपमहानगरपालिकाले बचत तथा ऋण सहकारी संस्था, बहुउद्देश्यीय सहकारी संस्था र कृषि सहकारी संस्थाका तीन जना व्यक्तिसहित नगरपमुखको संयोजकत्वमा ‘सहकारी विकास समिति’ को व्यवस्था हुन लागेको बताईन् । गौतमले सोही समितिले – यस वर्षका लागि विनियोजन गरेको सहकारी क्षेत्रको सहकारी विकासका लागि सहकारीको क्षमता अभिवृद्धिका लागि छुट्याएका बजेटको कार्यक्रम पनि सोही समितिले गर्ने उपप्रमुख गौतमले बताईन् । गौतमले सबै सहकारीको सूचिकृतका लागि पत्र पठाई सकिएको र यस सुविधा बचत तथा ऋण सहकारीले पत्र प्राप्त नगरेको भए उपमहानगरपालिकाको सहकारी शाखामा सम्पर्क गरेर केके डकुमेन्ट चाहिन्छ बुझेर सुचिकृत गर्न समेत अनुरोध गरिन् । सुचिकृत गर्नुको उद्देश्यमाथि प्रष्ट पार्दै उपमेयर गौतमले भनिन्–सहकारी सुचिकृत भएपछि तिनीहरुको अवस्थाको विषयमा हामीलाई जानकारी हुने र हामीले गरेका निर्णयहरु कति व्यवहारिक छन् । कुन निर्णयले सहकारीमाथि के असर पारेको छ । कर धेरै भयो कि अझ थप्नु पर्ने पो होकि भन्ने कुरामा निस्कर्षमा पुग्न अनि सहकारी संस्थालाई एकताबद्ध बनाएर उनीहरुको क्षमता अभिवृद्धिलगायत विविध सहकारीको हितका कार्यक्रम गर्न सहजीकरणको लागि पनि सुचिकृत गर्न आवश्यक देखिएकोले सुचिकृतको अवधारणा ल्याएको बताईन् । हिजोका दिनमा कर्मचारीले कामै नगरेको अवस्थाबाट अहिले जनप्रतिनिधिलाई निकै अप्ठेरो तरिकाले गरिरहेको कतिपय कुराहरु ठिक ढंगले हुन नसकेका पनि हुनसक्छन् । ति सबै विषयलाई मिलाएर नीति निर्माण गरेर अगाडि बढ्ने बताईन् ।


सुविधा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हर्कराज श्रेष्ठको सभापतित्वमा आयोजित सो कार्यक्रममा लेखा समितिको प्रतिवेदन, वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन प्रस्तुत गर्दै पारित गरेको थियो । यि सबै प्रतिवेदनहरुमाथि बन्दसत्रको कार्यक्रममा मार्फत छलफल, टिकाटिप्पणीसहित पारित गरिएको थियो ।
कार्यक्रमामा प्रमुख अतिथिलाई माया चिनो दिएर बिदाई गरिएको थियो । शनिबार धेरै वटा सहकारीको कार्यक्रम एकै परेकोले दिउँसो एक बजेपछि मात्रै प्रमुख अतिथिका रुपमा उपस्थित इटहरी उपमहानगर उपप्रमुख गौतम हतार हतारमै मन्तव्य र सम्मान कार्यक्रम सकेर पुनः अर्को सहकारीमा पुग्ने गरी बिदा भएकी थिइन् ।
विगत वर्ष झै यस वर्ष पनि संस्थाका शेयर सदस्य तथा तिनका बालिबालिकालाई प्रोत्साहन गर्न सम्मान समेत गरेको छ । ज्येष्ठ नागरिक तथा शेयर सदस्य हर्कमान श्रेष्ठ, नियमित बचत तर्फ मदन बहादुर राई, दैनिक बचत तर्फ तिलक बहादुर घिमिरे, नियमित किस्ता साँवा र ब्याज तिर्ने मध्येकै नियमित ऋणी फुल कुमारी साह, र बाल बचत तर्फ सबैभन्दा वढी रकमबाट खाता शुरु गर्ने समिर राईलाई सम्मान गरेको थियो ।
यसैगरी शेयर सदस्यका बाललबालिका जसले शैक्षिक क्षेत्रमा उत्कृष्ट अंक ल्याएका छन् तिनीहरुलाई समेत सम्मान गरिएको छ । जसमा ०७४ सालको एसईई परिक्षामा उत्कृष्ठ अंक ल्याउने सान्ता बस्नेत, आयुष साह, अन्जन राई र प्लस टुमा २.२५ जिपिए अंक ल्याउने सन्देश श्रेष्ठलाई सम्मान गरिएको छ । विद्यार्थीलाई नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने अन्यलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रम पश्चात संस्थाका अध्यक्ष हर्कराज श्रेष्ठले प्रमुख अतिथि गौतमलाई मायाको चिनो दिएर बिदाई गरेका थिए ।
सो विभिन्न संघसंस्था, बुद्धिजीवि, समाजसेवी तथा प्रबुद्ध व्यक्तित्वहरुको सहभागिता रहेको थियो । संस्थाका उपाध्यक्ष समेत रहेका बेजिन्द्र निरौलाले सञ्चालन गरेको सो कार्यक्रममा मोरङ सुनसरी सेवा समाज कतारका अध्यक्ष तथा एनआरएन, एनसीसी कतारका उपाध्यक्ष तेज कट्वालले मोसु कतारकै पहलमा स्थापित सुविधा बचतले आज नवौं साधारणसभाको अयाोजना गर्दै गर्दा आफ्नो पहिलो पटक उपस्थिति रहेकोमा खुशी लागेको बताए ।  सो कार्यक्रममा प्रवास शाखा कतारबाट प्राप्त शुभकामना पत्र पढेर सुनाईएको थियो ।

संस्थाका अध्यक्ष तथा कार्यक्रममा सभापति श्रेष्ठले कार्यक्रमको समापन गर्दै कार्यक्रम सम्पन्न गर्न सहयोग पु¥याउने सम्बद्ध सबैलाई धन्यवाद दिँदै आगामी दिनमा समेत सो सहयोगको अपेक्षा गरेको बताए ।

Leave A Reply

Your email address will not be published.