Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो :कार्यसिद्धि होस् – २०७५ असोज २२ गते सोमबार

कर्ममै भगवानको बास हुन्छ । तसर्थ कर्म गरौं धर्म कमाऔं ।

  •  
  • 69
  •  
  •  
  •  
  •  
  •  
    69
    Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :  क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :   धनको क्षेत्र सबल रहने छ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । राज्यबाट मान सम्मान पाइनेछ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्तस् फाइदा नै पुर्‍याउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus : अनावश्यक ठाउँमा धन खर्च हुनेछ । श्रमअनुसार फाइदा कमै होला । कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । मुद्दा मामिला आइलाग्नेछ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :  आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । वित्तिय संस्था बाट सहयोग पाईनेछ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :   मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । शुभ समाचार सुन्न पाइएला । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo : पूजा पाठमा मन जानेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । घरपरिवारमा रमाइलो वातावरण छाउने छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :   टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । औपचारिकतामा अल्लि बढी व्यस्त रहन पर्नसक्ने छ । मनोरञ्जनमा सहभागी भइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio  :  विद्याको क्षेत्र सबल रहने छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :   विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । अनावश्यक झमेलामा परिएला । कष्टकर यात्रा गर्नुपर्ला ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:  सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योगछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :  अभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्नेछ । पढाइमा बाधा आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : होसियारीपूर्वक गरिएका कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिनेछ । वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

हाम्रो पात्रो

Leave A Reply

Your email address will not be published.