Rashtriya Yuva Jagaran
Online Digital News

प्रवासी नेपालीको कोसेली ‘गुँडैको चरी उडेर बाँसैमा, गुँडैको चरी’ बजारमा (भिडियोसहित)

  •  
  • 10
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

युवा जागरण संवाददाता
इटहरी । पारिवारिक गर्जो टार्दै समृद्धिको सपना बोकेर प्रवासी जिवन बिताईरहेका साहित्यिक स्रष्टाका गित, कविता, गजलहरुले त्यतिकै ठाउँ लिइरहेका छन् । खाडी क्षेत्र कतारमा कार्यरत लेख कार्की, डिआर अटुको सांगीतिक कोसेली यतिखेर बजारमा आएको छ ।
शब्द तथा रचना लेख कार्की, डिआर अटुको संगीतमा नयाँ कर्णप्रिय भिडियो गित बजारमा आएको छ । स्वदेशदेखि विदेशसम्म चिनिएका साहित्यिक स्रष्टाहरुको उक्त सांगीतिक भिडियो यतिखेर निकै चर्चामा समेत आएको छ । कतारमा स्थापित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नवोदित साहित्य वाचनालय कतारका वर्तमान अध्यक्षसमेत रहेका कार्कीका कविता तथा गितहरुमा स्वदेशदेखि विदेशसम्मका कथा र व्यथाका भावहरु पानी झै सङ्लो बनाउँदै पाठक, दर्शकसामु पेश गर्ने गरेका छन् । यसै पनि साहित्यमा कतार नै अग्रणी मानिन्छ । जसले प्रत्येक महिना साहित्यिक डबलीमार्फत साहित्यिक स्रष्टालाई सम्मान गर्दै लुकेका साहित्यिक प्रतिभाहरुलाई अगाडि ल्याउने काम पनि गरिरहेको छ । कार्की विभिन्न विधाबाट पटक पटक पुरस्कृत भईसकेका  कार्कीले पछिल्लो समयमा एउटा शसक्त गित लेखे–‘गुँडैको चरी उडेर बाँसैमा, गुँडैको चरी’ । गजल, कविता हुँदै गितमा पनि त्यतिकै पोख्त कार्कीको उक्त गितको भिडियो बजारमा आईसकेको छ ।


डिआर अटुको कर्णप्रिय संगीत रहेको यो गीतमा महेश तिवारीको मिठो स्वरमा सजिएको छ ।
“यो मनको बुलूतुथ खुल्ला छ त्यो मनको कुरा सेन्ड गर दिनेछु साथ् बाचुन्जेल मुटुमा राखी सेभ गर” जस्ता डिजिटल सब्द हरु प्रयोग बाट सुसज्ज्ती गरिएको गीतलाई राजु कार्कीले एरेञ्ज गरेका छन् ।
पछिल्लो समय सबैको पहिलो रोजाईमा पर्ने बहुचर्चित मोडल रनायिका वर्षा शीवाकोटी र चकलेटी मोडल रनायक पुष्प खड्का को आभिनय रहेको म्युजिक भिडियो निर्देशक कजिस श्रेष्ठ को निर्देशनमा तयार पारिएको उक्त भिडियोलाई अजय रेग्मी ले छायांकन साथै दिपक बिस्टले सम्पादन गरेका छन ।
अत्यन्तै लोभलाग्दो डान्सले भरिएको सो गितले बजार लिनेमा गितका लेखक लेखक कार्की विश्वस्त रहेका छन् । छायांकार अजय रेग्मीको उत्कृष्ठ छायांकण रहेको एल्बमले यतिखेर बजार तताईरहेको छ

Leave A Reply

Your email address will not be published.