Rashtriya Yuva Jagaran
Online Digital News

आत्मनिर्भर कृषि सहकारीको छैठौं साधारणसभाबाट नेतृत्वमा पुगे निरौला

  •  
  • 17
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

युवा जागरण संवाददाता
सुन्दरहरैंचा (विराटचोक) । मोरङको सुन्दरहरैंचा नगरपालिका ९ स्थित विराटचोकमा स्थापित आत्मनिर्भर कृषि सहकारी संस्था लिमिटेडको शनिबार छैठौं साधारणसभाले यज्ञप्रसाद निरौलालाई नेतृत्व हस्तान्तरण गरेको छ । निरौलाको अध्यक्षतामा गठित ११ सदस्यीय समितिमा मनुका थापा उपाध्यक्ष, राजु भट्टराई सचिव र बिमला चौहान कोषाध्यक्ष छन् । त्यसैगरी सदस्यहरुमा रत्नप्रसाद धमाल, पुष्पा बिक, चन्द्रप्रसाद ढकाल, नारायण बिष्ट, उषा चौधरी, राधा मिश्र र साबित्रा दाहाल चुनिएका छन् । यसैगरी सो संस्थाको लेखा संयोजकमा विवेक भट्टराई रहेका छन् भने सदस्यहरुमा राजेन्द्र दाहाल र सूर्य बहादुर थापा चुनिएका छन् ।
द राईजिङ बोर्डिङ स्कुलको सभाहलमा आयोजित सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष नारायण भुजेलले गरेका थिए भने सुन्दरहरैंचा नगरपालिका उपमेयर धना तामाङको प्रमुख आतिथ्यता रहेको थियो । केराबारी गाउँपालिका उपमेयर सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धना तामाङको प्रमुख आतिथ्य र केराबारी गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी लिम्बु भुजेलको बिशेष आतिथ्यतामा साधारणसभा भएको हो । सो कार्यक्रममा सुन्दरहरैंचा ९ का वडाध्यक्ष राजकुमार कार्की, केराबारी ८ का वडाध्यक्ष मनोज खड्का, पुर्व प्रवासी संजाल १ नम्बर प्रदेशका संयोजक गोकुल बहादुर थापा, मोरङसुनसरी सेवा समाज नेपालका उपाध्यक्ष खगेन्द्र कार्की, राइजिङ बोर्डिङ स्कुलका प्रिन्सिपल गोपाल पाठक लगायतको आतिथ्यता थियो । सो कार्यक्रमलाई बिमला चौहानले स्वागत मन्तव्य राखेकी थिइन् ।
सो ऐतिहासिक तथा गरिमामय छैठौं साधारणसभामा संस्थाका अध्यक्ष नारायणप्रसाद भुजेलले बार्षिक प्रगति प्रतिबेदन र भावी योजना प्रस्तुत गरेका थिए भने लेखा संयोजक तुलसी सुवेदीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
छैठौं साधारणसभाका अवसरमा उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणीसहित अतिथिहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो ।
समृद्धिको सपना बोकेर कतार छिरेका मोरङसुनसरीबासीहरुलाई एक ठाउँमा उभ्याउने संस्था मोरङसुनसरी सेवा समाजको समृद्धिको नारालाई आत्मसाथ गर्दै स्थापित यस आत्मनिर्भर सहकारी संस्था विभिन्न उतारचढावका साथ आज छैठौं साधारणसभा सम्पन्न गरेको छ । दिनप्रतिदिन विकास र समृद्धिको पथमा लम्किँदै गरेको यस यस संस्थाको नामै काफि रहेको भन्दै वक्ताहरुले शुभकामना व्यक्त गरेका छन् । सबै कुरा नामैमा उल्लेख भएको हुँदा सोही अनुसार जनताको सदस्यको माझमा पुगेर समृद्धिको सपना पुरा गर्न सबैले शुभकामना दिएका छन् ।

Leave A Reply

Your email address will not be published.