Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्यसिद्धि होस् – २०७५ असोज २३ गते मंगलबार

कर्ममै भगवानको बास हुन्छ । तसर्थ कर्म गरौं धर्म कमाऔं ।

  •  
  • 38
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :  आँटेकोे र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :  प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus : यात्रामा सावधानी अपनाउनु पर्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहला । पढाइमा बाधा आउनेछ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :  कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । कुटुम्बको सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :  जोश जाँगर र हिम्मत वढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo : साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :   अनावश्यक झमेलामा परिएला । मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम विग्रनेछ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio  :  शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पाईनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius : प्रेमीको सहयोग पाईनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn: आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । शुभ समाचार सुन्न पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :  कष्टकर यात्रा गर्नुपर्ला । मुद्दा मामिला आइलाग्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

हाम्रो पात्रो

Leave A Reply

Your email address will not be published.