Rashtriya Yuva Jagaran
Online Digital News

भारतलाई जितेर फाइनलमा पुगेको साफ यु १८ महिला च्याम्पियनसीपमा नेपाल उपविजेता

सर्वाधिक गोलकर्ता रेखा पौडेल

  •  
  • 13
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं, २३ असोज २०७५ । नेपाल भुटानमा जारी साफ यू १८ महिला च्याम्पियनसिपमा उपविजेतमा सिमित भएको छ।
चाङलिमिथाङ रंगशालामा आइतबार साँझ भएको फाइनलमा बंगलादेशसँग १–० ले स्तब्ध हुँदै नेपाल उपविजेतामै सिमित भएको हो।
पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफको सुरुवातमै गोल खाएको थियो। त्यसपछि नेपाली टोली खेलमा फर्कन सकेन र अन्ततः बंगलादेशले खेल १-० ले जित्यो।
खेलका ४९ औं मिनेटमा बंगलादेशकी मसुरा पर्विनको गोलनै प्रतियोगिताका लागि निर्णायक बनेको थियो। मैदानको बीच भागबाट आएको फ्रिकिकलाई उनले पेनाल्टी बक्स भित्रबाट गोलमा परिणत गरेकी थिइन्। पहिलो हाफकफ १२ औं मिनेटमा नेपाली खेलाडीले बल गोल्पोस्टभित्र छिराए पनि गोल गर्ने क्रममा गोलकिपरलाई फाउल गरेपछि रेफ्रीले गोल दिएनन्। भारतलाई टाइब्रेकरमा हराउँदै फाइनलको यात्रा तय गरेको नेपाल अन्ततः उपविजेता हुँदै स्वदेश फर्कन लागेको छ।
यसैबीच सर्वाधिक गोलकर्ता बनेकी रेखा पौडेलले रेफ्रीको गलत निर्णयका कारण आफूहरूले हार व्यहोर्नुपरेको बताएकी छन्। खेल सकिएपछि भुटान फुटबललाई अन्तर्वार्ता दिँदै रेखाले रेफ्रिका कारण नेपालले खेल हारेको बताइन्।
‘हामी खुसी छौं । हामी नेपाली हौ। हामी कहिल्लै हार मान्दैनौ। हामी जहिलै नेपाल आमाको शिर उच्च राख्नेछौं । हामी सधै खुसीका साथ भुटानमा जारी भएको खेललाई राम्रो मान्दै हामी नेपाल फर्कन चाहन्छौं।
च्याम्पियनसिपमा नेपाल उपविजेता बनेपनि रेखा सर्वाधिक गोलकर्ता बनेकी थिइन्। रेखाले प्रतियोगितामा कुल ८ गोल गरेकी थिइन्।

Leave A Reply

Your email address will not be published.