Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्यसिद्धि होस् – २०७५ असोज २४ गते बुधबार

कर्ममै भगवानको बास हुन्छ । तसर्थ कर्म गरौं धर्म कमाऔं ।

  •  
  • 40
  •  
  •  
  •  
  •  
  •  
    40
    Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :  तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । धार्मिक/सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :  जुक्ति बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । परिवारका सदस्यहरूसहित मांगलिक कार्यमा उपस्थिति भइनेछ । स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus : यात्रायोजना एवम् नयाँ कार्यको थालनीको बारेमा विचार विमर्श हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ला ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :  जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । कार्य सम्पादनमा समस्या आउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :  परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo : प्रेम जीवन सुखद् रहनेछ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कर्म क्षेत्र बलवान नै रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :   रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आर्थिक उन्नति हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio  :  दबाब र तनाव बढेको महसुस हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । सन्तानपक्षको मायामा कमी आउने छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कार्य लाभ हुने देखिन्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । स्वास्थ्य सबल रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

हाम्रो पात्रो

Leave A Reply

Your email address will not be published.