Rashtriya Yuva Jagaran
Online Digital News

मध्य अमेरिकामा शक्तिशाली आँधी, १४ को निधन, संकटकाल घोषणा

  •  
  • 19
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं, २५ असोज २०७५ । मध्य अमेरिकाको १ सय वर्षको इतिहासमा सबैभन्दा शक्तिशाली आँधीले शहर तहनहस भएपछि संकटकाल घोषणा गरिएको छ ।
हालसम्म कम्तिमा १४ जनाको मृत्यु भएको खबर छ । २५० किलोमिटर प्रतिघण्टाको बेगमा आएको यो आँधीलाई ‘माइकल’ नाम दिइएको छ । आँधी र बाढीबाट सबैभन्दा बढी फ्लोरिडा राज्य प्रभावित भएको छ । अलबामा, जर्जिया, फ्लोरिडा लगायतका क्षेत्रमा आपतकालीन स्थिति घोषणा गरिएको छ ।
फ्लोरिडामा ३ लाख ७० हजारभन्दा बढी मानिसहरुलाई आफ्नो ठाउँ छाड्न र उच्च स्थानमा गएर बस्न भनिएको छ । तर सबैले आफ्नो घर छाड्न सकेका छैनन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘विना कुनै आवश्यक धन कुनै पनि व्यक्तिलाई आफ्नो घर छाड्न सजिलो छैन । केही क्षेत्र निकै गरिब छन् । उनीहरुका लागि हामीले केही बसहरु पठाएका छौं । मानिसहरुलाई सुरक्षित स्थानमा सार्न हामी धेरै प्रकारले कोशिस गरिरहेका छौं ।’
यो आँधीले अकल्पनीय विनाश निम्ताउने चेतावनी त्यहाँको आँधी तुफान केन्द्रले दिएको छ । फ्लोरिडाका गर्भनर रिक स्कटले यो आँधी एक सय वर्ष यताको सबैभन्दा खतरनाक भएको बताएका छन् ।
माइकल तुफानले अमेरिकाको पूर्वी तटमा बढी असर गर्ने बताइएको छ । यसको प्रभावको कारण ठूलो पानी पनि पर्ने छ । यो त्यही क्षेत्र हो जुन गत महिना आएको फ्लोरेन्स आँधीले तहसनहस पारेको थियो । राम्रोसँग बौरिन नपाइ फेरि माइकल आँधीले त्यहाँका बासिन्दालाई घरबारविहीन बनाइदिएको छ ।
राष्ट्रिय तुफान केन्द्रले सुरक्षित स्थानमा जान नसकेकाहरुलाई घरबाहिर ननिस्किन भनेको छ । ‘तटीय क्षेत्रका बासिन्दा शान्त वातावरण देखेर बाहिर ननिस्किनु होला किनभने खतरनाक हावा निकै तीव्र गतिमा अघि बढेको छ,’ चेतावनी जारी गर्दै भनिएको छ ।
फ्लोरिडाका गर्भनर रिक स्कटले भनेका छन्, ‘अब घर छाडेर सुरक्षित स्थानमा जाने समय पनि छैन । यदि तपाईं तटीय क्षेत्रमा हुनुहुन्छ भने आफ्नो घर नछाड्नुहोस् । तटीय क्षेत्रबा निस्कने समय सकिइसक्यो । स्थानीय अधिकारीहरुले भनेअनुसार गर्नुहोला । यदि तपाईं इनलैन्ड काउन्टीमा हुनुहुन्छ भने तपाईंलाई आश्रय लिने अन्तिम मौका हुनसक्छ तर स्थानीय अधिकारीहरुले सुरक्षित स्थानमा लगेमा मात्रै ।’
राष्ट्रिय विपत व्यवस्थापन एजेन्सीका निर्देशक ब्रोक लङ्गले सन् २००१ भन्दा अगाडि बनेका भवनहरुलाई आँधीले क्षति पुर्‍याउन सक्ने बताएका छन् ।
बीबीसीलाई उदृत गर्दै कोशी अनलाईनमा समाचार छ ।

Leave A Reply

Your email address will not be published.