Rashtriya Yuva Jagaran
Online Digital News

२०७७ मा ‘साक्षर नेपाल’ घोषणाको तयारी

युनेस्कोको प्रावधानअनुसार जिल्लामा ९५ प्रतिशत साक्षर भएपछि पूर्ण साक्षर

  •  
  • 9
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

किशोर रेग्मी
काठमाडौं, असोज २६ २०७५ । काठमाडौं, असोज २६ २०७५ । स्वेच्छिक स्वास्थ्य तथा जनसंख्या शिक्षा र शिक्षाका कक्षा ९ र १२ का विद्यार्थीलाई सक्षरता अभियान प्रोत्साहन गरी २०७७ को अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन राष्ट्रपतिबाट ‘साक्षर नेपाल’ घोषणाको तयारी सरकारले गरेको छ । सो अभियानका लागि सरकारले अवधारणा पत्र समेत तयार गरिरहेको छ । तर सक्षर नेपाल घोषणा गर्ने तयारी गरिएको यो पहिलो पटक भने होइन ।  “समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार” भन्ने मूल नाराका साथ सक्षरता शिक्षा दिवस मनाउँदै आएको छ ।

युनेस्कोको प्रावधानअनुसार जिल्लामा ९५ प्रतिशत साक्षर भएपछि पूर्ण साक्षर मान्ने चलन छ । देशभरमा अझै १५ देखि ६० वर्ष उमेर समूहका तीन लाख निरक्षर छन् अनौपचारिक शिक्षा सेवा केन्द्रसँग सो तथ्याङ्क छ । अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷०७६ को संघीय प्रस्तुत बजेटले प्रदेश र स्थानीय तहको सहकार्यमा दुईवर्ष भित्र साक्षर नेपाल घोषणा गरिने गरी सबै बालबालिकालाई यसै वर्षभित्र विद्यालयमा भर्ना गर्ने लक्ष्य लिइएको छ। तत्कालिन सत्ताधारी पार्टीहरुको घोषणापत्र बमोजिम सो लक्ष्य प्राप्तिको लागि २०७७ साललाई सक्षरता वर्षको रुपमा मनाउने तयारी गरिएको छ ।

स्थानीय तह र प्रदेश सरकारसँग सहकार्य गरी आगामी दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्ने गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अवधारणापत्र तयार गरेको हो । अवधारणापत्रमा कक्षा ९ तथा १२ मा अध्ययनरत विद्यार्र्थीको स्वास्थ्य तथा जनसङ्ख्या र इच्छाधीन शिक्षा विषयको प्रयोगात्मक कार्य साक्षरता कक्षा सञ्चालनमा जोडी विद्यार्र्थीको मूल्याङ्कन गर्ने व्यवस्था मिलाइने छ ।
यसैगरी विद्यार्र्थीको घर परिवार वा छिमेकमा रहेका निरक्षरमध्ये निश्चित सङ्ख्यामा साक्षर गराएमा निजलाई प्रयोगात्मक अङ्क बापत पाउने अङ्क प्रदान गरिने उल्लेख छ । यसका लागि राष्ट्रिय परीक्षा बोर्डसँग समन्वय गरिनेछ । अवधारणापत्रमा चार महिनासम्म सहभागीको अनुकूल समयमा दैनिक दुुई घण्टा र हप्तामा छ दिनका दरले कम्तीमा दुई सय घण्टा कक्षा सञ्चालन गरिने उल्लेख छ ।
अवधारणापत्रमा पालिका तहबाट साक्षरता अभियान कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । चालु आर्थिक वर्षमा सरकारले आगामी दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्ने कार्यक्रम अगाडि सारेको छ र सोहीअनुरुप २०७७ साल भदौमा सो घोषणा गरिने योजना बनाइएको हो । २०६५ सालको बजेट कार्यक्रममा पनि दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्ने कार्यक्रम अगाडि सारिए पनि हालसम्म सो सम्भव हुन सकेको छैन ।
शिक्षा तथा मानव स्रोत विकासका अनुसार २०६७ सालमा घरधुरी सर्वेक्षण गर्दा १५ देखि ६० वर्ष उमेर समूहका ५१ लाख ७३ हजार निरक्षर नागरिक थिए अझै सो उमेर समूहका ९९ हजार निरक्षर छन् ।
केन्द्रका अनुसार हालसम्म ४७ जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । कुल जनसङ्ख्याको ९५ प्रतिशतभन्दा बढी साक्षर भएमा साक्षर भनी घोषणा गर्न पाइने मापदण्ड युनेस्कोले बनाएको छ । सोहीअनुरुप ती जिल्ला साक्षर घोषणा भएका हुन् ।
ताप्लेजुङ, सङ्खुवासभा, मोरङ, सप्तरी, काठमाडौँ, बारा, कपिलवस्तु, बाँके, डोल्पा, बाजुरा, बझाङ लगायतका ३० जिल्लालाई साक्षरता घोषणा गरिएको छैन । तत्काल १८ वटा जिल्लालाई साक्षर घोषणा गर्न सकिने अवस्था रहेको जानकारी दिनुभयो । उहाँले काभ्रे, सङ्खुवासभा, महोत्तरी, डडेल्धुरा, बैतडी र उदयपुरले साक्षर जिल्ला बनाउने मिति घोषणा गरिसके पनि अनौपचारिक शिक्षा केन्द्रलाई खारेज गरिएकाले सो कार्य रोकिएको केन्द्र बताउँछ ।
अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले आगामी २०८५ साल वैशाख १ गतेपछि आधारभूत शिक्षा प्राप्त नगरेका नागरिक नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा सरकारी सेवामा अयोग्य हुने स्पष्ट व्यवस्था छ । साक्षरता अभियानका साथै विद्यार्थी भर्ना अभियानलाई पनि जोड दिइने बताउँदै आगामी २०७६ सालभित्र सबै बालबालिकालाई विद्यालयमा प्रवेश गराइछाड्ने गरी योजना तयार भइरहेको छ ।

यद्यपि साक्षरताको “ग्लोवल मनिटरिंग रिपोर्ट“का अनुसार संसारका प्रत्येक ५ मध्ये एकजना पुरुष र दुई तिहाई महिलाहरु अझैपनि निरक्षर छन र धेरैको एकदमै न्यूनस्तरको साक्षरतासँग सम्बन्धित सीपहरू छन् । २१ औं शदिको प्रविधिमय यूगमा समेत हाम्रा धेरै बालबालिकाहरु अझैपनि विद्यालय जानबाट बन्चित छन र जसले विद्यालय जाने अवसर पाएका छन्, उनीहरुले पनि उचित शिक्षा पाउन सकेका छैनन् ।

नेपालको परिपेक्ष्यमा साक्षरता लागि आवश्यकीय प्रयासहरु त्यति सफल भएको देखिदैन । हरेक उमेर समुहका कोही न कोही असाक्षर वा निरक्षर हामी अझैँ पनि पाउन सक्छौ। वि.सं. २०६८ को जनगणना अनुसार नेपालमा ३४ प्रतिशत नेपाली निरक्षर छन । त्यसमध्ये १५ देखि ६० बर्ष उमेर समुहका करिब ४० लाख नागरिक निरक्षर रहेको सरकारी तथ्यांक छ । यद्यपि विभिन्नि सरकारी तथा गैरसरकारी संघसँस्थाहरुको रिपोर्टलाई आधार मान्ने हो भने नेपालको साक्षरता दर ९० प्रतिशतको हाराहारीमा पुगेको अनुमान छ । आगामी जनगणनाबाट यथार्थ के हो हामी सामुमा आउनेछ । सामान्य अक्षर चिन्नु र लेखपढ गर्न पाउनु, अंक र सामान्य गणितको ज्ञान हुन सबैको नैसर्गिक अधिकार हो । तापनि यी यावत कुराहरुमा हामी अन्य मुलुकको तुलनामा धेरै पछाडि छौ ।  शिक्षा एक वरदान हो भने निरक्षरता एक अभिशाप हो । सत प्रतिशत साक्षर मुलुकको रुपमा विश्व मानचित्रमा उभिन नेपालले लिएका रणनीतिहरुमा निःशुल्क शिक्षा, प्रौढशिक्षा, प्रारम्भिक कक्षा पठन कार्यक्रम एवं बालिका शिक्षा प्रमुख रुपमा रहेका छन । तथापि यस क्षेत्रमा अझै धेरै प्रयास गर्नुपर्ने जरुरी छ ।

अहिलेसम्म घोषणा भएका साक्षर जिल्लाहरू
ललितपुर, सिन्धुपाल्चोक, धादिङ, मुस्ताङ, पाल्पा, स्याङ्जा, चितवन, अर्घाखाँची, सुर्खेत, गुल्मी, प्युठान, दाङ, नवलपरासी, रूपन्देही, कास्की, तनहुँ छन् । त्यसैगरी, लमजुङ, पाँचथर, नुवाकोट, भक्तपुर, रोल्पा, सल्यान, दार्चुला, जाजरकोट, बर्दिया, रुकुम, झापा, बाग्लुङ, दोलखा, मकवानपुर र रामेछाप साक्षर जिल्ला घोषणा भएका छन् ।

पहिलो साक्षर जिल्लामा विवाद
नेपालमा पहिलो साक्षर जिल्ला कुन हो भन्नेमा विवाद कायमै छ । निर्णयका हिसाबले सिन्धुपाल्चोक पहिलो साक्षर जिल्ला घोषणा भएको र भव्य कार्यक्रम घोषणा गर्नेमा ललितपुर रहेको छ । पहिलो साक्षर जिल्ला सिन्धुपाल्चोक वा ललितपुर कसलाई भन्नेमा शिक्षाका अधिकारीहरू नै अन्योलमा छन् ।

यस्तो छ नेपालमा साक्षरतामा फड्को
००४ मा आधार शिक्षाको थालनी मानिने साक्षरता शिक्षाको सुरुवात भएको थियो । ००७ मा कुल दुई प्रतिशत मात्र साक्षर रहेकामा ०५८ मा ६५.५ प्रतिशत पुरुष साक्षर थिए भने । ०६८ मा पुरुष साक्षरको संख्या ७५.१ प्रतिशत पुग्यो । पुरुष साक्षरताको वृद्धिदर ९.६ प्रतिशत रह्यो । त्यस्तै, ०५८ मा महिला साक्षरता ४२.८ प्रतिशत रहेकामा ०६८ मा बढेर ५७.४ प्रतिशत पुग्यो । महिला साक्षरताको वृद्धिदर १४.६ प्रतिशत रह्यो । कुलमा ०५८ मा ५४.१ प्रतिशत साक्षर रहेकामा ०६८ मा ६५.९ प्रतिशत पुग्यो । वृद्धिदर ११.८ प्रतिशत थियो । नयाँपत्रिकामा खवर छ ।

गोरखापत्रलगायत अन्य विभिन्न अनलाईनको सहयोगमा तयार पारिएको

Leave A Reply

Your email address will not be published.