Rashtriya Yuva Jagaran
Online Digital News

एक नम्बर प्रदेश प्रहरी कार्यालयमा ६३ औं प्रहरी दिवस

  •  
  • 5
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

प्रमोद बोहोरा
विराटनगर, २६ असोज २०७५ । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनरले प्रदेशका मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा ६३ औं प्रहरी दिवस मनाएको छ ।
उत्कृष्ट प्रहरी कर्मचारी तथा प्रहरीलाई संरचना बनाउन जग्गा दान गर्ने व्यक्तित्वलाई सम्मानित गर्दै मनाइएको सो दिवसलाई सम्बोधन गर्दै एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले प्रहरी जनताको सुरक्षाको मूल खम्बा भएकोले प्रहरीलाई पनि संघीय ढाँचामा बदल्न चाँडै प्रहरी संघीयतामा बदल्ने बताए ।
मुख्यमन्त्री राईले अन्य क्षेत्रमा संघीयता कार्यान्वयन भएजस्तै प्रहरीमा पनि त्यसको अभ्यास भए जनताको जीउधनको सुरक्षामा थप मदत पुग्ने सक्ने तर्क राखे ।
कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार नागरिकको जीउधनको सुरक्षामा चिन्तित रहेको बताए ।त्यसका लागि अब सुरक्षाको निकाय नेपाल प्रहरीलाई पनि संघीय ढाँचामा ढाल्ने तयारी भइरहेको छ ।’
त्यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कानुनी तवरबाट नेपाली प्रहरीलाई  संघीयतामा लैजाने प्रक्रिया सुरु भइसकेको बताए ।

Leave A Reply

Your email address will not be published.