Rashtriya Yuva Jagaran
Online Digital News

विगत झै यस वर्षपनि छातिमा जमरा

  •  
  • 87
  •  
  •  
  •  
  •  
  •  
    87
    Shares

युवा जागरण संवाददाता
विराटनगर, २६ असोज २०७५ । मोरङको रंगेलीस्थित चिसाङ खोलाको बगरमा रहेको ऐतिहासिक तथा पौराणिक प्रसिद्ध धार्मिक मन्दिर ‘श्री संसारी माई’मा घटस्थापनाकै दिन (बुधबार) विधिवत् रुपमा जमरा राखिएको छ । सोही स्थानमा विगत वर्षकै निरन्तरता स्वस्प एक महिलाले छातिमा जमारा राखेर पानीसमेत नपिई ब्रत बसेकी छन् ।
विगतका वर्षमा नवरात्रीदेखि दशमीसम्म भातरीय एक महिलाले आफ्नो छातीमा जमरा राखेर उमार्दै आएकी थिइन भने यस पटक भने मोरङको जहदा गाउँपालिका ४ घर भएका मुलुकचन्द मण्डलकी श्रीमती नीरादेवि मण्डल सपनामा माताले अह्राएको भन्दै केही नखाई छातीमा जमरा राखेर उमार्न ब्रत बसेकी छन् । पारिवारिक स्रोतका अनुसार निसन्तान भएका कारणले पनि सन्तानको लागि उक्त कर्म सुरु गरेको बताइएको छ ।
घटस्थापनादेखि टिकाको दिनसम्म ११ ब्राह्मणहरुद्वारा सप्तशती चण्डीको पाठ गर्नुका साथै विशेष पूजा–अर्चनासमेत गर्ने गरिन्छ भने रातिको समयमा विभिन्र कलाकारहरुद्वारा भजना किर्तनसमेत गर्ने गरिन्छ ।

सो ऐतिहासिक मन्त्रिदर विराटनगरदेखि २२ किलोमिटर पूर्वमा रहेको छ । राणा कालभन्दा अगाडिदेखि सो स्थानमा मातादेवीको वासस्थान रहेको बताइन्छ । अहिले सो मन्दिरमा भक्तजन बढ्दै गएको हुनाले मन्दिरमा वृद्ध–वृद्धादेखि युवाहरु मन्दिरमा पूजा अर्चना गर्ने आउन थालेका छन् ।

समाचार स्रोत : कोशी अनलाईन

Leave A Reply

Your email address will not be published.