Rashtriya Yuva Jagaran
Online Digital News

बलिउड अभिनेता आलोकमाथि यौन दूव्र्यहारको आरोप

  •  
  • 8
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

विराटनगर । असोज २६ गते । भारतीय चलचित्र उद्योगका चर्चित अभिनेता आलोक नाथमाथि एकपछि अर्को गर्दै अभिनेतृमाथि यौन दूव्र्यवहारको आरोप लागेको छ ।
लेखिका निर्माता विन्ता नन्दापछि अहिले हम साथ साथ हैं फिल्मकी एक क्रु सदस्य, अभिनेत्री सन्ध्या मृदुल र नवनीत निशानले आलोकमाथि यौन दुर्व्यवहारको आरोप लगाएका हुन् ।
अभिनेत्री दीपिका अमीनले पनि सामाजिक सञ्जालमा त्यस्तै आशय पोखेकी छन् । उनले लेखिन्–इन्डस्ट्रीमा सबैलाई थाहा छ, आलोक नाथ रक्स्याहा मानिस हुन् र उनी महिलाहरूको शोषण गर्छन् ।
कैयौं वर्षअघि एक टेलिफिल्मको आउटडोर शूटका बेलामा उनले मेरो कोठामा जबर्जस्ती छिर्ने कोशिश गरेका थिए । महिलालाई देख्नेबित्तिकै उनी र्‍याल चुहाउन थाल्छन् । उनी रक्सी पिएर हल्लाखल्ला गर्छन् । मलाई सुरक्षित राख्नका लागि पूरै युनिटले मलाई घेरेर राख्थ्यो ।’

Leave A Reply

Your email address will not be published.