Rashtriya Yuva Jagaran
Online Digital News

रातारात डिआईजीमा बढुवा, सरुवा तथा पदस्थापना, असन्तुष्ट राणाद्वारा राजिनामा

बढुवा नहुने भएपछि राजीनामा
बढुवामा सशस्त्र प्रहरी नियमावली बाधक भएपछि सशस्त्र प्रहरी बलका एसएसपी सञ्जयविक्रम राणाले पदबाट राजीनामा दिएका छन्। सशस्त्र प्रहरी बलमा रिक्त ६ डिआइजी पदमा बढुवा प्रक्रिया सुरु भएलगत्तै राणाले राजीनामा दिएका हुन्। विपत् व्यवस्थापनको प्रमुख रहेका एसएसपी राणाले सोमबार राजीनामा दिएको बताए। आफूलाई बढुवा नगर्न सशस्त्र नियमावली परिवर्तन गरिएको र पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि राजीनामा दिएको उनको भनाइ छ। ‘नेपाली सेनाबाट २०४६ सालमा सेवा प्रवेश गरेको हुँ। सरकारले सबै प्रक्रिया पूरा गरेपछि सशस्त्र प्रहरीमा सेवा स्थानान्तरण भएको हो, मैले कसैको भाग खोस्न खोजेको होइन । मेरो पालो आयो, बढुवा दिनुस् भनेको हुँ’, राणाले भने ‘अन्याय सहन सकिनँ।’

विराटनगर, ०७ कात्तिक २०७५ । ६ डिआइजीको सरूवा र ११ जना नव नियुक्त डिआइजीको गृह मन्त्रालयले पदस्थापन गरेको छ। यो सरुवा(बढुवाका क्रममा नेपाल प्रहरीका प्रवक्ता समेत परिवर्तन भएका छन्। एसएसपी शैलेश थापा क्षेत्रीको स्थानमा उत्तमराज सुवेदीलाई नयाँ प्रवक्ता तोकिएको हो।
प्रदेश–२ का दिनेश अमात्यलाई लागू औषध नियन्त्रण ब्युरो र प्रदेश–२ मा हरिबहादुर पाललाई पठाईएको छ। केन्द्रीय अनुसन्धान ब्युरोमा निरजबहादुर शाही र महानगरीय प्रहरीको जिम्मेवारी शैलेश थापा क्षेत्रीले पाएका छन्। प्रदेश–५ प्रहरी प्रमुख शेरबहादुर बस्नेतलाई विमानस्थल र बिशेष ब्युरोका पिताम्बर अधिकारीलाई प्रदेशमा खटाइएको छ। विमानस्थलका कमल जिटी बिशेष ब्युरो आएका छन्।
रातारात बढुवा हुनेहरु
सशस्त्र प्रहरीका नायव महानिरीक्षक (डीआईजी) मा ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयद्वारा गठित बढुवा समितिले मंगलबार राति बढुवा सिफारिस गरेको हो।
सशस्त्र प्रहरी बलका एसएसपीहरु क्रमशः प्रजाभक्त श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल, गोविन्द क्षेत्री र चन्द्रप्रकाश गौतम डीआईजी बढुवाको लागि सिफारिस। समितिले क्रमशः प्रजाभक्त श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल, सीपी गौतम र गोविन्द क्षेत्रीलाई डीआईजीमा सिफारिस गरेको हो। भावी आईजीपीसँग जोडिएकाले पनि यो बढुवालाई अत्यन्तै महत्वका साथ हेरिएको छ। बढुवा समितिमा गृहसचिव प्रेमकुमार राई अध्यक्ष, आईजीपी शैलेन्द्र खनाल सदस्य र एआईजी नारायणबावु थापा सदस्य सचिव थिए।

Praharnews.com

Leave A Reply

Your email address will not be published.