Rashtriya Yuva Jagaran
Online Digital News

पूर्वाञ्चलद्वारा कमेटी भिडियो ‘मकैको फुल भुटी….’ सार्वजनिक

इटहरी, २५ कात्तिक २०७५ । पूर्वाञ्चल डिजिटल स्टुडियोले अर्को एउटा गुणस्तरीय भिडियो निर्माणमा जुटिरहेको बेला पुनः अर्को कमेडी काल्पनिक प्रेममा आधारित भिडियो मकैको फुल भुटी, फुल चाम्रो झन बुढो भयो झन राम्रो’ बोलको म्युजिक भिडियोलाई सार्वजनिक गरेको छ । इटहरी वरिपरिका विभिन्न पर्यटकीय स्थलहरुलाई कैद गरेर निर्माण गरिएकोउक्त भिडियोको निर्देशन रुद्र श्रेष्ठले गरेका हुन भने गायकहरु नै मोडल बनेर बनाइएको उक्त भिडियोमा रमेश प्रसाद अधिकारी र सुमन निरौलाको मुख्य भूमिका रहेको छ भने मोडल सरिता राईलाई समेत सो भिडियोमा देख्न सकिन्छ । कोरियोग्राफीमा रोशन पराजुली र रबिन बिक र क्यामेरामेनमा श्रीकुमार साम्पाङले गरेका हुन् । उक्त म्युजिक भिडियोलाई पूर्वाञ्चल म्युजिक युट्युव च्यानलबाट सार्वजनिक गरिहेको हो । सो भिडियोमा बाल कलाकारहरुमा सुलभ निरौला र कुलक अधिकारी रहेका छन् ।

Leave A Reply

Your email address will not be published.