Rashtriya Yuva Jagaran
Online Digital News

सर्वोच्चको आदेशबाट अब निःशुल्क ट्रायलको व्यवस्था हुँदै

युवा जागरण संवाददाता
इटहरी, २३ मंसिर २०७५ । सर्वोच्च अदालतले चालक अनुमतिपत्र ‘लाइसेन्स’ को लागि लिईने ट्रायललाई निःशुल्क बनाउन आदेश दिए पछि अहिले उपत्यकामा निःशुल्क ट्रायलको व्यवस्था गरिएको छ ।
लाइसेन्स वितरणका लागि ‘ट्रायल’ परीक्षा लिँदा शुल्क लिने व्यवस्था गरिएकोमा सर्वोच्च अदालतमा मुद्दा परी निःशुल्क सेवा दिन आदेश भएपछि उपत्यकाका तीन कार्यालयले आजदेखि निःशुल्क ‘ट्रायल’ सेवा शुरु गरेको हो ।
सर्वोच्च अदालतले निःशुल्क ‘ट्रायल’ लिने व्यवस्था मिलाउन आदेश दिएपछि तीनै कार्यालयले चालक प्रशिक्षण सञ्चालन गर्ने विद्यालयलाई प्रस्ताव पेश गर्न सार्वजनिक सूचना जारी समेत जारी गरेका थिए । जसअनुसार सुकेधारा कार्यालयका लागि तीन, ठूलो भ¥याङका लागि दुई र भक्तपुरका लागि एक प्रशिक्षण केन्द्रले आवेदन दिएका थिए ।
आवेदन दिएका प्रशिक्षण केन्द्रलाई पालैपालो ‘ट्रायल’ गर्ने अनुमति दिएको छ । सुकेधाराको ‘ट्रायल’ गर्ने अनुमति पाएको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि गुर्जुधाराले आजदेखि शुरु गरेको छ ।

Leave A Reply

Your email address will not be published.