Rashtriya Yuva Jagaran
Online Digital News

विवेकशिल साझा पार्टी राष्ट्रिय एकता दिवसकै दिन दुई चिरा

काठमाडौं, पुस २७ २०७५ । आज राष्ट्रिय एकता दिवसको दिन थियो । यस दिनलाई सम्झनेहरुले अझ एकताबद्ध हुने प्रण गर्दै अगाडि बढ्नु पर्नेमा आशालाग्दो एउटा पार्टी भने आजै फुट्न पुगेको छ ।
नयाँ आशा, नयाँ भरोसा, नयाँ विश्वासका साथ वैकल्पिक राजनीतिक धार बोकेर आएको भनिएको पार्टी विवेकशिल साझा पार्टी १६ महिने बालापनमै दूई चिरा भएर पुनः उत्साहित रुपमा संगठनको काम गरिरहेका हजारौं युवाहरुलाई निरास तुल्याएको छ ।
विवेकशील साझा पार्टीका दुई सह– संयोजक मध्ये उज्जल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका र निर्वाचन आयोगले समेत प्रतिक्रिया दिईसकेको छ । आयोगका अनुसार उज्जल थापा संयोजक रहेको दल दर्ताका लागि निवेदन दर्ता भएको हो। ‘उहाँहरुले चालिस प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर छ भनेर हामीलाई जानकारी दिनुभएको छ भने निर्वाचन आयोगले भनिसकेको अवस्थामा अब विवेकशिल साझा नरहेर विवेकशिल नेपाली दलको रुपमा अगाडि बढ्ने प्रष्ट भईसकेको छ । यद्यपि आयोगले अब निवेदन भेरिफाइ गर्न बाँकी रहेको जनाएको छ ।
विवेकशील साझा पार्टीमा केही साता यता खटपट देखिएको थियो। रविन्द्र मिश्रले पार्टी एकलौटी ढंगले अगाडि बढाएको, आफू निकटका व्यक्तिहरुलाई नियुक्ती गरेकोप्रति उज्जल थापा समूह असन्तुष्ट रहेको थियो।
वैकल्पिक पार्टीका रुपमा आफूलाई प्रचार गर्दै आएको विवेकशील साझाले गतबर्ष सम्पन्न संघीय र प्रदेश निर्वाचनमा सहभागिता जनाएपनि संघीय संसदमा भने एक सिट पनि जित्न सकेन। प्रदेश तीनको प्रदेश संसदमा भने उक्त पार्टीका तर्फबाट तीनजना सांसद छन्।
१६ महिनाअघि उज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी बनेको थियो। थापा र मिश्र पार्टीका संयोजक बनेका थिए।

Leave A Reply

Your email address will not be published.