Rashtriya Yuva Jagaran
Online Digital News

कर्मा र शर्मा अभिनित चलचित्र ‘द म्यान फ्रम काठमाडौं’ चैत्र १ देखी हलमा लाग्ने

भारतीय अभिनेता गुल्सन ग्रोबर र पाकिस्तानी अभिनेता हमिद शेखसमेतको अभिनय रहेको चलचित्र

रायुजा संवाददाता
इटहरी, १२ फागुन २०७५ । कर्मा र शर्माको मुख्य भूमिका रहेको भारतीय चलचित्रका अभिनेता गुल्सन ग्रोबर र पाकिस्तानी अभिनेता हमिद शेखको अभिनयले भरपुर मनोरञ्जन दिने नेपाली चलचित्र ‘द म्यान फ्रम काठमाण्डौ’ को प्रचारप्रसारको क्रममा उक्त चलचित्रको टिमले इटहरीमा पत्रकार सम्मेलन गरेको छ । उक्त पत्रकार सम्मेलनमा चलचित्रको विषयमा कुरा राख्न मुख्य नायक कर्मा, नायिका आना शर्मा (कर्मा र शर्मा अभिनित चलचित्र) सहित नायक कर्मा, चलचित्र निर्माता नकिम उद्दिन उपस्थित भएका थिए । सो चलचित्रका निर्देशक भने पेमा घोन्डुप रहेका छन् ।
चलचित्रमा होजे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय रहेको छ । सिरिजको रुपमा ल्याउने तयारी भइरहेको यस चलचित्र चैत्र १ गते बाट प्रर्दशनमा आउने भएको छ । चलचित्रलाई नेपाल पश्चात् विदेशमा प्रदर्शन गरिने निर्माता नकिम उद्दिनले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.