Rashtriya Yuva Jagaran
Online Digital News

साउदीको जेलमा रहेका भुपाललाई छुटाउन मोरङसुनसरीले ग¥र्यो सहयोग

रायुजा संवाददाता
विराटनगर । मोरङसुनसरी सेवा समाज, सामाजिक अभियान अन्तर्गत साउदीको जेलमा रहेका बराहक्षेत्र नगरपालिका–२ का भुपाल बस्नेतलाई ब्लडमनीमा सहयोग पु¥याउन २ लाख २६ हजार एक कार्यक्रमबीच मोसु बहराइनका पूर्व अध्यक्ष काशीनाथ पौडेल सहितको टोलीले परराष्ट्र मन्त्रालयलाई हस्तान्तरण गरेको छ।
परराष्ट्र मन्त्रालयलाई भुपालले ब्लडमनी वापत बुझाउनु पर्ने ७५ हजार तीन सय रियाल अर्थात २२ लाख ९१ हजार ३७९ रुपैयाँ पु¥याउन मोसु अभियानकै रुपमा अगाडि बढाएर मोरङसुनसरी सेवा समाजका प्रवास शाखाहरु कतार, बहराईन, कुवेत र साउदी अरबबाट देशबहादुर खड्काबाट प्राप्त रकमसमेत थपेर एक मुष्ठ ब्लडमनी वापत बुझाउनु रकम परराष्ट्र मन्त्रालयलाईहस्तान्तरण गरिएको हो । सो रकम बुझाएपछि अब भने भुपाल बस्नेत जेलमुक्त भएर स्वदेश फर्कने भएका छन् ।
उनलाई जेलमुक्त गर्न संयोजन गरिरहेको प्रवासी नेपाली समन्वय समितिको अभियानलाई सबैतिरबाट सहयोग प्राप्त भएकै कारण भुपालका निम्ति उक्त रकम जुटेको हो ।
कतारका अभियन्ता सुवा गौतमका अनुसार गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलकासिमले २ लाख ४६ हजार ३ सय, अलकासिम मै कृयाशील संस्था गन्तब्य नेपालमार्फत् २ लाख १४ हजार ७ सय ७२, नेपाली प्रवासी समाज हाएलमार्फत ३२ हजार २ सय ३३ रुपैयाँ पिएनसीसीलाई बुझाइएको थियो ।
त्यसैगरी गैरआवासीय नेपाली संघ, कल्याणकारी कोषबाट २ लाख ३० हजार, प्रेम राई उद्दारको क्रममा बचत भएको रकमबाट २ लाख, बराहक्षेत्र समाज सुनसरीबाट ११ हजार १ सय ११, सुनसरी मोरङ समाज सामाजिक अभियान अन्तर्गत कतार, बहराईन, कुवेत र साउदी अबरबाट देशबहादुर खड्काबाट २ लाख २६ हजार सहयोग प्राप्त भएपछि उक्त रकम मन्त्रालयलाई हस्तान्तरण गरिएको बताए ।

कुमार राना उद्धार समितिको ११ लाख सहयोग
बस्नेतको उद्धारका लागि पाँच महिना पहिला साउदी अरबमै ब्लडमनीकै मुद्धामा २ लाख रियाल बुझाई जेल मुक्त भएका गोरखा बोर्लाङका कुमार राना मगर उद्धार समितिले ११ लाख ३० हजार ९ सय ६३ रुपैयाँ सहयोग गरेको छ । यि सबै सहयोग जुटेपछि बस्नेतको परिवारमा खुशी छाएको छ ।
सामाजिक अभियानमा लागेका व्यक्ति वा संस्थाहरुको सहयोगबाट कुनै पनि अप्ठ्यारोमा परेका नेपाली, गलत मनसायबाट फसाइएका निर्दोष नेपालीलाई बचाउन गरिएको सानो सानो सहयोग अहिले ठूलो बनेर साउदीको जेलमा रहेका बस्नेत छुट्ने अवस्थामा पुग्नु नै सामाजिक अभियन्ताको निम्ति खुशीको कुरा रहेको मोरङसुनसरी सेवा समाज बहराईनका अध्यक्ष हरि श्रेष्ठ बताउँछन् । यस्तै प्रतिक्रिया मोरङसुनसरी सेवा समाज कुवेतका अध्यक्ष अरुण लिम्बुको समेत रहेको छ ।
यसैगरी साउदी अरबबाट मोसुकै अभियानमा साथ दिँदै सहयोग गरिरहने देशबहादुर खड्का भन्छन– हामीले अन्य ठाउँ वा क्षेत्रमा भएका नेपाली दाजुभाई त सहयोग गर्नुपर्छ । भुपालको समस्या त साउदी हाम्रै कर्मक्षेत्रमा भएकोले सकेसम्मको सहयोग गर्नुपर्ने दायित्व बमोजिम सहयोग गरिएको बताउँछन् ।
परराष्ट्र मन्त्रालयमार्फत साउदी अरबको नेपाली दूतावासमा रकम स्थानान्तरण गरी बस्नेतको जेलमुक्तिको आवश्यक प्रक्रिया थालनी गर्ने परराष्ट्र मन्त्रालयले बताएको छ ।
बस्नेत ६ वर्ष अगावै साउदी अरबमा गाडी चलाउने काम गर्थे । कामकै सिलसिलामा उनले चलाएको गाडी दुर्घटना भई साउदी नागरिकको मृत्यु भएको थियो ।
अदालतबाट २५ प्रतिसत दोसी ठहर गरी सजाय सुनाइएका बस्नेतलाई तत्कालीन कम्पनिले मुद्धाको छिनोफानो नगरिकनै नेपाल पठाएको तर बस्नेतलाई ती सबै कुरा जानकारी नभएको बताए ।
बेरोजगारका कारण पुन साउदी जाने क्रममा उनी एयरपोर्टमै समातिन पुग्दा पहिलाको मुद्धा किनारा नलागेको कुरा त्यती बेला मात्र थाहा हुन आयो ।
पीएनसीसीले यो भन्दा पहिला नवलपरासीका थानेश्वर भुषाल र झापाका प्रसान्त लिम्बुको साउदी अरबको जेलबाट उद्धार गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.