Rashtriya Yuva Jagaran
Online Digital News

इटहरीका नारीद्वारा निर्मित घरेलु उत्पादनका सामग्रीको दुई दिने प्रदर्शनी

इटहरी, २५ फागुन २०७५ । १०९ औं नारी दिवसका अवसरमा इटहरी उपमहानगरपालिकाले नगरका २० वटै वडाका नारीहरुको कला, सिप तथा दक्षतालाई प्रचारप्रसार सहित नारीहरुलाई उत्साहित बनाउँदै उनीहरुको सीप तथा क्षमता विकासमा सहजीकरण गर्न दुई दिने व्यवसायीक प्रदर्शनीको आयोजना गरेको छ ।
नगरक्षेत्रभित्र रहेका महिला उद्यमीहरुको उत्पादनलाई सामग्री नगरपालिका परिसरभित्रै उद्यमी महिलाहरुको उत्पादन सामग्री प्रदर्शनीमा राखेको हो । दुई दिन सम्म चल्ने प्रदर्शनीमा बिभिन्न घरेलु उत्पादनहरुलाई मुख्य स्थान दिइएको छ । यस्तो प्रकारको प्रदर्शनीले हामी अपाङ्गता भएका तथा सपाङ्ग महिलाहरुलाई व्यवसायिक बनाउन सहज हुने र आफै स्वरोजगार बन्न सक्ने सहभागीहरु बताउँछन् ।
हस्तकला सम्बन्धी सामग्री क्रिस्टलको माला, पोते लगायतका सामग्रीहरु उक्त प्रदर्शनीको आकर्षणका रुपमा राखिएको छ । वर्षमा एक पटक मात्र नभएर यस्ता प्रदर्शनी बेला बेलामा गरिरहनु पर्ने सहभागीहरुको प्रतिक्रिया छ । २८ वटा स्टल रहेको प्रदर्शनीमा हेण्डी क्राफ्ट, आचार, रुद्रक्षबाट बनाईएको माला, मौरी पालन उद्योग लगायतको स्टलहरु रहेको छ । इटहरी उपमहानगरपालीकाको २० वटा वडाबाट संकलित घरेलु उत्पादनलाई प्रदर्शनीमा राखेको र महिलाहरुले निमार्ण गरेको हस्तकलाको प्रर्वद्धन गर्न सहयोग पु¥याउने उद्देश्य नगरपालीकाले राखेको वडा अध्यक्ष दिपक गौतमको भनाई छ । महिलाहरुले उत्पादन गरेको वस्तुलाई बजार सम्म पु¥याउन सक्ने हो भने स्वरोजगार बन्ने अवसर त छँदैछ त्यो संगै स्वदेशी उत्पादनले समेत प्रश्रय पाउने देखिन्छ ।

Leave A Reply

Your email address will not be published.