Rashtriya Yuva Jagaran
Online Digital News

नारी प्रतिको सोच र व्यवहार परिवर्तन अबको आवश्यकता

राष्ट्रपति र सभामुख तथा सर्वोच्च अदालतको प्रधानन्यायाधीश जस्ता उच्च ओहदा र त्यसपछि अन्य विभिन्न निकाय हुँदै स्थानीय तहका उपप्रमुखहरु सबै नारीलाई राखिएको छ । २०६४ सालको संविधानसभामा नारीको प्रतिनिधित्व हुनु नारी शसक्तिकरणको महत्वपूर्ण खुड्किलो मान्नुपर्दछ । त्यसैलाई टेकेर २०७२ को संविधानले स्थानीय तहमा नारीको उपस्थिति हुने मौका पनि दियो । २०७४ को निर्वाचनमा र स्थानीय तहमा ४० प्रतिशत आरक्षण हुनुलाई नारीलाई निर्णायक तहमा ल्याउने सकारात्मक कदम चालियो । यति हुँदाहुँदै पनि आम नारीलाई आर्थिक तथा सामाजिक स्थितिमा सुधार ल्याउन के सहयोग पुग्यो भन्ने बहसको विषय भने बन्न छोडेको छैन ।

=========================================

खगेन्द्र कार्की

सन् १९०९ अर्थात वि.सं. १९६६ देखि नारीमा जागरण ल्याउन सुरु भएको अन्तर्राष्ट्रिय नारी अभियानले १९१४ देखि प्रत्येक वर्षको मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवस मनाउन सुरु गरिएको हो । नारीहरु स्वतन्त्र, बन्धनमुक्त, व्यक्तित्व विकासका निम्ती, आत्मनिर्भर र व्यवसायी बन्ने सोचका साथ अगाडि बढ्दै गर्दा नर अर्थात् पुरुषमा पनि नारी स्वतन्त्रता र नारी अधिकारका निम्ति, हक, अधिकार सुनिश्चितताका निम्ति र समग्रमा मानव विकासका निम्ति विश्वव्यापी रुपमा मनाइँदै आएको नारी दिवसको सार्थक अभ्यासमा सहयोगी भूमिका हुनुपर्ने देखिन्छ । तथापि नारी दिवस केका लागि ? कसका लागि मनाइन्छ भन्ने विषयमा अधिकांश नारीहरु बेखबर छन् । विभिन्न पार्टी प्यालेस, तारे होटलमा गरिएका नारी दिवसका भव्य कार्यक्रमले समग्र नारीको प्रतिनिधित्व गर्न नसक्ने तर्क पनि धेरै नारीहरुको रहेको र कति नारीलाई दिवस नै कहिले पर्छ भन्ने हेक्का समेत नभएको प्रतिक्रिया दिँदै आएका छन् ।
नेपालको सन्दर्भमा नारी दिवसलाई २००७ देखि मनाउन सुरु गरिएको यसको संस्थागत र अनुभुत गर्ने किसिमले २०१६ सालमा जननायक विश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा द्वारिकादेवी ठकुरानी पहिलो पटक देशको उच्च पद (मन्त्री) बन्न सफल भएपछि नारी दिवसका नारा र नारी सशक्तिकरण अभियान सुरु भएको हो । जुन बेला विश्वले ५० औं अन्तर्राष्ट्रिय दिवस मनाईरहेको थियो । त्यसपछिका राजनीतिक मुद्दा, अधिकारका लडाईहरुमा नेपाली नारीहरुलाई विभिन्न पार्टी, वर्ग र समूहले आरक्षणको माध्यमबाट, नगन्य मात्रामा प्रतिष्पर्धाको माध्यमबाट, घर, परिवार र समाजबाटै अत्यन्तै महत्वका साथ अगाडि बढाउने चेष्टा गरिए पनि अहिले पनि नारी जहाँको त्यहीँ रहेको अनुभुत जोकसैलाई हुन सक्छ । पदीय जिम्मेवारीको हिसाबले नेपाली नारीहरुलाई नेपालका उच्च ओहदामा पु¥याईए पनि उनीहरुले पाएको पदीय जिम्मेवारी अनुसार क्षमता देखाउन भने सकेका देखिँदैनन् । अझै पनि उनीहरु विभिन्न वहानामा पुरुषहरुकै छायाँमा परिरहेका देखिन्छन् । त्यति मात्र होइन गाउँगाउँमा नारीमाथि हुने विभेद, अन्धविश्वासले अझै छोड्न सकेको देखिँदैन । अझै पनि नेपाली ग्रामिण वस्तिहरुमा बोक्सीको आरोपमा नारी हिंसा हुने गरेको छ । बलात्कार, यौन हिंसा र हत्या अझ बढेको देखिन्छ । काुननी रुपबाट पनि नारीमाथि कुनै पनि मानेमा नकारात्मक असर नपरोस्, उनीहरुले आफूलाई सुरक्षित रहँदै आफ्ना व्यवसायिक कर्म वा घरायसी कामकाज गर्ने वातावरण तय होस् भनेर नेपालको संविधान २०७२ ले नेपाली नारीहरुलाई भौतिक, शारिरीक र मानसिक रुपबाट कुनै प्रकारको पीडा नहोस् भनेर कानुनहरु निर्माण गरेर हक, अधिकार सुनिश्चित गरे पनि कार्यान्वयन पक्ष पितलो भएका कारण र ल्याईएका कानुनहरु वैज्ञानिक नदेखिएका कारणले पनि अहिले पनि नेपाली नारीहरुले असुरक्षित नै भईरहेको र महसुस गरिरहेको अवस्था छ ।
राष्ट्रपति र सभामुख तथा सर्वोच्च अदालतको प्रधानन्यायाधीश जस्ता उच्च ओहदा र त्यसपछि अन्य विभिन्न निकाय हुँदै स्थानीय तहका उपप्रमुखहरु सबै नारीलाई राखिएको छ । २०६४ सालको संविधानसभामा नारीको प्रतिनिधित्व हुनु नारी शसक्तिकरणको महत्वपूर्ण खुड्किलो मान्नुपर्दछ । त्यसैलाई टेकेर २०७२ को संविधानले स्थानीय तहमा नारीको उपस्थिति हुने मौका पनि दियो । २०७४ को निर्वाचनमा र स्थानीय तहमा ४० प्रतिशत आरक्षण हुनुलाई नारीलाई निर्णायक तहमा ल्याउने सकारात्मक कदम चालियो । यति हुँदाहुँदै पनि आम नारीलाई आर्थिक तथा सामाजिक स्थितिमा सुधार ल्याउन के सहयोग पुग्यो भन्ने बहसको विषय भने बन्न छोडेको छैन ।
पदीय जिम्मेवारीमा रहेका नारीहरु अहिले पनि पुरुषहरुकै दबदबा कायम रहेको र काम गर्ने अवसर नपाएको गुनासो १०९ औं विश्व नारी दिवस मनाईरहँदा पनि आइरहनु दुर्भाग्य नै हो । सामाजिक दृष्टिकोणमा परिवर्तन हुनु पनि त्यतिकै जरुरी देखिन्छ । नारीले ओगटेका पदहरुको व्याख्या गरिरहँदा के आधारमा त्यो पद प्राप्त गरे वा के आरक्षणकै हिसाबले मात्र उनीहरु उच्च ओहदामा पुगेका हुन्, पु¥याएका हुन् त ? त्यो ठाउँमा गाउँ बस्तीका अन्य नारी किन पुग्न सकेनन् त भन्ने महत्वपूर्ण पक्ष छँदैछ । सभामुख ओनसरी घर्ती विजयी भईन् ।सुशीला कार्की प्रधानन्याधीश बन्न सफल भईन र विद्यादेवी भण्डारी दूई दुई पटक राष्ट्रपति बन्न सफल भईन् ? अन्य धेरै नारीहरु विभिन्न संवैधानिक निकायमा पुगेका छन्, मन्त्री र सांसद बनेका छन् । स्थानीय तहका उपप्रमुख सबै स्थानमा नेपाली नारीहरुले नै अवसर पाएका छन् । के सबै नारी कोटाका आधारमा सम्भव भएको भन्ने सामाजिक बुझाई हो भने त्यो पनि अन्याय हुनेछ । सामाजले घर्तीले सामाजिक परिवर्तनका निम्ति युद्द लडेको, कानुनी हैसियत बनाएर मात्रै कार्की प्रधानन्यायधिश जस्तो गरिमामय पदमा पुगेको राजनीतिक त्यागबाट आर्जिक क्षमतालाई सुरक्षित गर्दै विद्या भण्डारी राष्ट्रको उच्च पद राष्ट्रपतिमा विजयी भएको कुरालाई यो समाजले किन स्वीकार गर्न सक्दैन ? अर्थात यो सामाजिक हेराईमा पनि विभेद हो कि होइन मूल प्रश्न यहाँ पनि छ । तथापि पदीय जिम्मेवारीमा पुगका नारीहरुले जे जस्ता पृष्ठभूमि बोकेर पदीय जिम्मेवारीमा पुगेको भए पनि अनुकूल क्षमता देखाउन भने चुकिरहेको एक थरीको विश्लेषणलाई पनि अस्वीकार गर्न भने मिल्दैन ।
विदेश राष्ट्रको उच्च पदमा पुगेका नारीहरुले जति आफ्नो क्षमता, दक्षता देखाए त्यसको तुलनामा नेपाली नारीहरुको त्यो क्षमता अझ ह्रास भएको अवसर अनुसारको उपयोग नेपाली नारीहरुले गर्न नसकेको प्रतिक्रिया दिनेहरुको लहरो पनि लामो छ ।
नारी दिवस मनाईरहँदा नेपाली नारीको अवस्था अझै पनि घरभित्रै सीमित रहेको देखिन्छ । अनुत्पादक काम र श्रमको मूल्य नभएका कारणले उनीहरुको जिवनले सार्थक परिणाम ल्याउन नसकेको निस्कर्ष छँदैछ । यद्यपि जति बाहिर निस्किए वा जतिलाई आरक्षणको माध्यमबाट सीट सुरक्षित गरियो तिनीहरुलाई अब प्रतिष्पर्धामा उतार्न सकियो भने मात्र उनीहरुको गुणस्तर, क्षमता र कार्यशक्ति बढ्ने देखिन्छ । वर्षदिनमा एक दिन नारी दिवस मनाएकै भरमा महिला (नारी) सशक्तिकरण नहुने र प्रत्येक घरभित्र हुने गरेका नारी माथि नारीकै विभेद अन्त्यका निम्ति अबको नेपाली नारीको लडाई हुनुपर्ने देखिन्छ । पदीय जिम्मेवारीमा पुगेका दूई चार जना नारीहरुका आवजले समग्र नेपाली नारीको प्रतिनिधित्व गर्न नसक्ने भएकाले स्थानीय निकायमा उभिएका उपप्रमुखहरुको माध्यमबाट गाउँ गाउँ टोल टोलमा नारीले नारी माथि गर्ने विभेदसँगै सामाजिक कुरीति र अन्धविश्वासका विरुद्धमा लड्ने मात्र अन्तर्राष्ट्रिय नारी दिवसको सार्थकता हुने देखिन्छ ।
श्रीलंकामा श्रीमती सिरिमाओ बन्दरानाइके, भारतमा श्रीमती इन्दिरा गान्धी, बेलायतमा श्रीमती मार्गरेट थ्याचर, पाकिस्तानमा श्रीमती बेनजिर भुट्टो, बंगलादेशमा जियाउर रहमानकी छोरीले देखाएको अदम्य साहस र क्षमतालाई अहिले पनि विश्वले सम्झने र चिन्ने गरेको छ । त्यसबाट पाठ सिकेर आफूलाई क्षमतावान, तार्किक शक्तिको विकास, अध्ययनशिल र क्षमतालाई समाज र देशमा चिनाउने अभियानमा नेपाली नारी लाग्नु पर्ने देखिन्छ । विशेष गरेर नेपाली नारीमा समावेशी, निष्पक्ष र स्वतन्त्र निर्णय शक्तिको विकास गर्न सकियो भने त्यसले सकारात्मक सन्देश दिन सक्छ ।
इतिहास यस्तो छ ।
नागरिक अनलाईनमा प्रकाशित गरिएको सामग्रीका अनुसार संयुक्त राष्ट्र सङ्घले अन्तर्रा्ष्ट्रिय नारी दिवस मनाउने भनी निर्णय गरेको वर्ष सन् १९०९ सम्ममा संसारमा नारीलाई मत दिने अधिकार केवल न्युजिल्यान्ड, अस्ट्रेलिया र फिनल्यान्ड गरी ३ देशमा मात्र सीमित थियो । न्युजिल्यान्डमा सन् १८३० मा, अस्ट्रेलियामा सन् १९०२ मा र फिनल्यान्डमा सन् १९०६ मा नारीले मत दिने अधिकार पाएका थिए । नारीलाई पुरुषसरह अधिकार र स्वतन्त्रता दिने भनी संयुक्त राष्ट्र सङ्घबाटै अन्तर्रा्ष्ट्रिय नारी दिवस मनाउन थालेपछि मात्र रुसमा सन् १९१७ मा, बेलायतमा सन् १९१८ मा, अमेरिकामा सन् १९२० मा, फ्रान्समा सन् १९४५ मा, जापानमा सन् १९४६ मा, इरानमा सन् १९६३ मा र स्विट्जरल्यान्डमा सन् १९७१ मा नारीलाई मतदान दिने अधिकार प्राप्त भएको हो । नेपालमा भने प्रजातन्त्र प्राप्तिसँगै सन् १९५० अर्थात् वि.सं. २००७ देखि नै प्राप्त भएको हो । भारतले भने त्यहाँको अधिवेशनमा एक प्रस्ताव पारित गरी भारतीय राष्ट्रिय काङ्ग्रेसले नारीलाई मत दिने अधिकार दिन माग गरेकामा त्यस बेला त्यो मागलाई घरेलु समस्या भनी पन्छाइयो र पछि सन् १९२० देखि १९२९ को बीचमा विभिन्न प्रस्ताव पारित गर्दै अन्त्यमा नारीलाई मत दिने अधिकार दिइएको हो ।
यसरी हरेक वर्षको मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै आइएकामा सन् १९७२ (वि.सं. २०२९) डिसेम्बर १८ का दिन संयुक्त राष्ट्र संघको साधारण सभाले एक प्रस्ताव पारित गरेर सन् १९७५ (वि.सं.२०३२ साल) लाई अन्तर्राष्ट्रिय नारी दिवस र अन्तर्राष्ट्रिय नारी वर्ष मनाएर संसारका सबै देशका सबै नारी पुरुषसरह स्वतन्त्र र बन्धनमुक्त होउन, उनीहरूमा पनि जागरण पैदा होस् र पुरुषमा पनि नारी स्वतन्त्रता र नारी अधिकार आवश्यक छ भन्ने भावना विकास होस् भन्ने विश्वव्यापी मान्यता हो ।

Leave A Reply

Your email address will not be published.