Rashtriya Yuva Jagaran
Online Digital News

सांगीतिक छलाङ मार्दै भोजपुर खार्ताम्छाका रक्षक

इटहरी । भोजपुरको दुर्गम भेग खार्ताम्छालाई विश्वमाझ सांगीतिक कोसेली मार्फत चिनाउँदै आगाडि बढेका रकक्ष राईको सांगीतिक यात्रा अझ फराकिलो बन्दै गएको छ । खार्ताम्छाका भिर, पाखा, उकाली, ओराली, भञ्ज्याङ चौतारी, खाल्सा, खोला, बगर मात्र होइन उक्त भेगका पात पातका कथालाई गीतमा उतारेर विश्व बजारमा पु¥याउने कोसिसमा रहेका गायक राईले भर्खरै नयाँ गिती एल्बम ‘कम्मर भाँची’बजारमा ल्याएका छन् । छोटो अवधिमै अर्थात ६ वर्षको अवधिमा ४ एल्बममा ४० बढी विभिन्न विधाका गितहरु गाईसकेका रक्षकले पहिलो पटक २०६७ सालमा ‘प्रेम’ नामक गिती एल्बम बजारमा ल्याएका थिए । आधुनिक, लोक पप, पुर्बेली लोक गित, डान्सिङ दोहोरी गितहरु गाईसकेका रक्षकले चर्चित गायिका मिलन अमात्यको सहाराबाट सांगीतिक छलाङ मार्दै अगाडि बढिरहेका छन् । बजारमा भर्खरै आएको गित ‘कम्मर भाँची’ को शब्द रचना प्रकाश घायल राईले गरेका छन् भने संगीत गायक रक्षक आफै हुन् । पूर्वाञ्चलमा निकै चर्चित रहेको रेकडिङ स्टुडियो ‘पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोले गितलाई आकर्षक ढंगबाट रेकर्डिङ गरेको छ ।

Leave A Reply

Your email address will not be published.