Rashtriya Yuva Jagaran
Online Digital News

नयाँ प्रेममय रुद्र श्रेष्ठको सांगीतिक कोसेली युट्युवमार्फत सार्वजनिक

रायुजा संवाददाता
इटहरी, ७ चैत्र, २०७५ । ‘डुब्न लाग्दा झनै राम्रो गोधुलीको घाम, माया भन्ने झुठको खेती सत्य राम राम’ बोलको आकर्षक शब्दहरुले भरिएको सांगीतिक गित बजारमा आएको छ ।
चर्चित गायिका मिलन अमात्यको आवाजमा रुद्र श्रेष्ठको शब्द र संगीतमा र पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ काम सम्पन्न भएको उक्त गितमा चर्चित गायिका मिलन अमात्यको सुमधुर आवज रहेको छ ।
यस गितका एरेन्जर कुन्दन राई रहेका छन् । प्रेमजालमा परेर विछोडिएपछि परिवारमा आएका तनावका सन्दर्भलाई यस भिडियो गितले उजागर गरेको पूर्वाञ्चल रेकर्डिङ स्टुडियोका सञ्चालक रुद्र श्रेष्ठ बताउँछन् । उक्त गित पूर्वाञ्चल म्युजिक स्टुडियोको युट्युव च्यानलबाट सार्वजनिक बुधबार सार्वजनिक गरिएको हो । उक्त स्टुडियोमा केन्द्रीय राष्ट्रिय चर्चित कलाकारहरुको आकर्षण बढ्दै गएको र पूर्वाञ्चलमा अत्यन्तै लोकप्रिय बन्दै गइएरहेको प्रतिक्रिया राष्ट्रिय कलाकारहरुले दिन थालेका छन् ।
विगतमा धरान–धनकुटा–भेडेटार गितबाट चर्चामा आएका रुद्र श्रेष्ठको आफ्नै शब्द र संगीतमा उक्त भिडियो गित बजारमा ल्याएका हुन् ।

Leave A Reply

Your email address will not be published.