Rashtriya Yuva Jagaran
Online Digital News

१ नम्बर प्रदेशको विषयगत समितिले बल्ल पायो पूर्णता

विराननगर, २४ चैत्र २०७५ । लामो समयदेखि हुन नसकेको एक नम्बर प्रदेशको विषयगत समितिले पूर्णता पाएको छ । संसद गठन भएको एक वर्ष नाघ्दा समेत रिक्त रहेको सातवटा बिषयगत समितिले शुक्रबारदेखि पूर्णता पाएको हो ।
एक नम्बर प्रदेश सभा सचिवालयका निमित्त सचिव तथा मुख्य निर्वाचन अधिकृत अम्बिकाप्रसाद चौलागाईका अनुसार शुक्रबार सात वटै बिषयगत समितिका सभापतिहरु निर्बिरोध निर्वाचित भएका हुन् ।
मुख्य निर्वाचन अधिकृत चौलागाईका अनुसार न्यायप्रशासन तथा बिधायन समितिमा ईन्द्रमणी पराजुली, सुशासन तथा योजना समितिमा अर्जुन राई, अर्थ समितिमा मोहनकुमार खडका र सार्वजनिक लेखा समितिमा शिवनरायण गनगाई निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै समाजिक विकास समितिमा सरिता थापा, उद्योग पर्यटन वन तथा वतावरण समितिमा सीता थेबे, प्राकृतिक स्रोत तथा पूर्वाधार बिकास समितिमा सर्वध्वज साँवा निर्वाचित भएका हुन ।
समिति सभापतिमा प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा बिच भागबण्डा भएको थियो । सात मध्ये ६ वटा बिषयगत समितिमा सभापति सत्तारुढ दल नेकपाका संसद हुन् भने सार्वजनिक लेखा समितिका सभापति गनगाई कांग्रेसबाट हुन् । मुख्य प्रतिपक्षी दल कांग्रेसले एक नम्बर प्रदेश सभामा दुई वटा समितिमा सभापति दाबी गर्दै भागबण्डा मागेपनि अन्तत एउटैमा चित्त बुझाउन बाध्य भएको थियो ।
एक नम्बर प्रदेश सभाले २०७४ चैतमा सातवटा बिषयगत निर्माण गरेको थियो ।

Leave A Reply

Your email address will not be published.