Rashtriya Yuva Jagaran
Online Digital News

मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मोत्सव सुनसरीको रामधुनीमा विशेष पुजाआजका साथ मनाइने

मोरङसुनसरी सेवा समाज, सामाजिक अभियानले निःशुल्क पिउने पानी वितरणसहित स्वास्थ्य शिविर राख्ने

रामधुनी (सुनसरी) । मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मोत्सव अर्थात राम नवमी आज सुनसरीको रामधुनी वनमा विशेष पुजा अर्चनाका साथ निष्ठाका साथ धुमधाम मनाइदै छ । सो अवसरमा भक्तजनहरुको सेवाका लागि मोरङसुनसरी सेवा समाज, सामाजिक अभियानले निःशुल्क स्वस्थ, चिसो पिउने पानी वितरणसहित कुनै भक्तजनको स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन चिकित्सकको टोलीसहितको क्याम्प राख्ने भएको छ । संस्थाका अध्यक्ष रामनाथ भण्डारीले जानकारी दिए अनुसार उक्त काम विगत ४ वर्षदेखि मोरङसुनसरी सामाजिक अभियानले गर्दै आएको छ । र आजको चौथो अभियान रहेको बुझिएको छ । यसैगरी अन्य विभिन्न संघसंस्थाहरुले समेत निःशुल्क रुपमा सेवा दिन विभिन्न कामहरु गर्ने गरेका छन् ।
यसैगरी देशका विभिन्न भागमा रहेका भगवान श्री रामको जन्मोत्सव उत्साहका साथ मनाइँदै । श्रीराम र जानकीको मुख्य थलोको रुपमा चिनिएको जनकपुरमा विशेष पुजाआजाको श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
रामनवमीका दिन गंगासागरमा स्नान गरी राम र जानकी मन्दिरमा पुजा गर्नाले मनोवाच्छित फलप्राप्त हुने जनविश्वासका साथ श्रद्धालुहरु पुजा गरीरहेका छन ।
रामनवमीका लागी नेपाल र भारत बाट २ सय भन्दा बढी साधुहरु जनकपुर आएका गुठी संस्थान जनकपुरले जनाएको छ । रामनवमी लाई लिएर राम र जानकी मन्दिरलाई विशेष रुपले सजाइएको छ भने एक साता अघि देखी नै दूबै मन्दिरमा बधाई गान सहितका कार्यक्रमहरु भई रहेका छन । भगवान रामको ससुराली जनकपुर रहेकाले पनि रामनवमी विशेष उत्साहका साथ मनाइने गरिन्छ ।

Leave A Reply

Your email address will not be published.