Rashtriya Yuva Jagaran
Online Digital News

खोटाङ बराहपोखरी गाउँपालिकाका सत्तरी विपन्न परिवारले पाए सोलार

खोटाङ । सौर्य उर्जा प्रवद्र्धन वोडको अनुदान र स्थानिय युवा नेता निश्चल खड्काको विशेष पहलमा वराहपोखरी गाउँपालिका भित्र वसोवास गर्ने अति विपन्न ७० परिवारलाई बिहीबार एक कार्यक्रमबीच निःशुल्क सोलार बत्ति वितरण गरिएको छ । व्याट्रि आवश्यक तार र २ वटा बल्व सहित १० वाट क्षमताको सोलार वितरण गरिएको हो । वडा नं. १ का दस वडा नं. २ र ३ का आठ–आठ, वडा नं. ४ का दस, वडा नंं ५ का ११ र वडा नं. ६ का बाइस घर परिवारलाई वडाको सिफारिसमा सोलर वितरण गरिएको हो । केन्द्रिय प्रशारण लाइन वितरण नभएको उक्त क्षेत्रका अति विपन्न परिवारले निःशुल्क बत्ति बाल्न पाए पछि यस कामको लागि पहल गर्ने खड्कालाई स्थानियले धन्यवाद दिएका छन् ।

Leave A Reply

Your email address will not be published.