Rashtriya Yuva Jagaran
Online Digital News

राज खम्बु र मेलिना राईको आवाजमा सजिएको भिडियो गित ‘हेरन कान्छी’

विराटनगर, आसिफ र रेश्मा दोस्रो पटक राज खम्बु र मेलिना राईको आवाजमा सजिएको भिडियो गित ‘हेरन कान्छी’ मा देखा परेका छन् । युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको उक्त भिडियो गितमा दिनेश सुबेदीको लेखन रहेको छ भने आसिफ शाह र टिकटकबाट चर्चामा आएकी नायिका रेश्मा घिमिरे एकसाथ दोस्रो पटक सँगै देखिएका छन् ।
युट्युवमा झण्डै एक करोड पटक हेरिएको गायक कालिप्रसाद बास्कोटाको ‘इन्स्टाको फोटो’मा उनीहरूको जोडी निकै मन पराइएको थियो ।
दीपक शर्माले संगीत दिएको यस गीत ‘हेरन कान्छी’मा भने आसिफ र रेश्मालाई सुरुदेखि अन्त्यसम्मै रमाइरहेको देखिएका छन् । यस गीतलाई स्व। अन्सु राईद्वारा निर्माण गरिएको हो ।
उदय राज पौडेलले एरेन्ज गरेको यस गीतमा आसिफ र रेश्मालाई राजीव समर र शिशिर खातीले नृत्यनिर्देशन गरेका हुन् । शान थापाको निर्देशनमा तयार गरिएको यो रमाइलो भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.