Rashtriya Yuva Jagaran
Online Digital News

इजाजतविनै कामदार दुवई कम्पनीमा पु¥याएर यातना दिन लगाउने दलाल पक्राउ

रायुजा संवाददाता
इटहरी । मोरङको सुन्दरहरैंचा–५ लाटिझोडाका दुई युवकलाई दुवई कम्पनीले यातना दिएको थाहा पाएपछि इटहरीबाट पठाउने व्यक्ति पक्राउ गरेका छन् ।
७ महिना अगाडि मोटो रकम अर्थात प्रतिव्यक्ति १ लाख ७० हजार बुझाएर दुवईमा काम गर्न गएका २१ वर्षीय पुष्पमणि गौतम र २३ वर्षीय रवीन पराजुलीलाई रोजगार दाता कम्पनीले मान्छे लगाएर यातना दिने गरेको परिवारले थाहा पाए । त्यसपछि एजेन्ट महेन्द्र तामाङलाई समस्या समाधानका लागि अनेकन कुरा गर्दा पनि नलागेपछि पीडित युवाका परिवार विराटनगरस्थित श्रम रोजगार विभागमा पुगेर उजुरी गरेपछि उक्त उजुरीको आधारमा श्रम तथा रोजगार कार्यालय विराटनगरले तामाङलाई पक्राउ गर्न इटहरी प्रहरीलाई गरेको पत्राचार बमोजिम एजेन्टको काम गर्ने मोरङका सुन्दरहरैँचाका घर भइ इटहरीमा बसोबास गर्दै आएका महेन्द्र तामाङ्गलाई इटहरी प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । इप्रका इटहरीका अनुसार पक्राउ परेका तामाङलाई श्रम तथा रोजगार कार्यालय विराटनगरलाई बुझाई सकेको बताएको छ ।
दुवईको उक्त कम्पनीमा ति दुई युवालाई बन्धक बनाएर कुटपिट गर्ने गरेको पीडितका आफन्तले बताएका हुन् । उनीहरू पक्राउ परेका तामाङ्गमार्फत काठमौंस्थित ‘बाइटपल म्यानपावर’ बाट दुबई पुगेका थिए । तर, कम्पनीले पारिश्रमिक नदिई बन्धक बनाएर कुटपिट गर्ने गरेको उनीहरूका आफन्तले बताएका छन् ।
म्यानपावरले भने अनुसारको काम र तलब नदिएपछि घर फर्किने आग्रह गर्दा कम्पनीका मालिकले बन्धक बनाएर कुटपिट गरेको पुष्पमणिका बुबा भोजराजले बताए । छोरा र सालोलाई दुबईमा कम्पनीले यातना दिएपछि स्वदेश झिकाउन र एजेन्ट र म्यानवारलाई कारवाही गर्न माग गरेका छन् ।
उनले एजेन्टलाई कारवाही गरी विदेश जाँदा लिएको रकम फिर्ता गराउन श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएका हुन् । उनले चैत १५ गतेदेखि कोठामा बन्दक बनाएर कुटपिट गर्दै आएको बताए ।
भोजराजले छोरा र सालोलाई स्वदेश झिकाउन विदेश पठाउने म्यानपावर र एजेन्ट महेन्द्र तामाङलाई विन्ती गर्दा पनि कुनै चासो नदेखाएपछि श्रम तथा रोजगार कार्यालयमा आएको बताए ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० बमोजिम इजाजतपत्रबिना वैदेशिक रोजगार व्यवसाय संचालन गर्न र एजेन्टको रुपमा काम गर्न नपाउने प्रावधान छ । तर, तामाङले एजेन्टको कुनै पनि म्यानपावरको परिचयपत्र र इजाजत नलिइ वैदेशिक रोजगारमा पठाएकोले नियन्त्रणमा लिएको प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.