Rashtriya Yuva Jagaran
Online Digital News

श्रीलंकामा भएको मानवताविरोधी गतिविधिको प्रधानमन्त्री ओलीद्वारा भत्सरना

काठमाडौं, ०९ वैशाख २०७६ । श्रीलंकामा आइतबार चर्च र पाँचतारे होटलमा श्रृङ्खलाबद्ध भएको विष्फोटको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । २ सय बढीको ज्यान लिने र सैयौंलाई अंगभंग बनाएर करोडौंको भौतिक संरचना ध्वस्त बनाउने गरी भएको उक्त घटनाको भत्र्सना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री रनील बिक्रमसिंघे लाई पत्र पठाई नेपाल सरकारले यस्ता मानवता विरोधी कार्यको घोर भत्र्सना गर्दै दुःख व्यक्त गरेका छन् ।
उनले नेपाली जनता र सरकारको तर्फबाट घटनामा मृत्यु भएकाप्रति श्रद्धान्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थलाभको कामना गरेका छन् ।
श्रीलंकाको कोचिकाडेको सेन्ट एन्थोनी चर्च र कटुवापिटियाको सेन्ट सेवास्टिएन्स चर्चमा इस्टर मनाइरहेका क्रिश्चियन धर्मालम्बीलाई लक्षित गरी बिस्फोट गराइएको हो।
यसैगरी एकै समयमा दुई ओटा पाँचतारे होटलमा पनि विस्फोट भएको हो । दुई वटा बम चर्चहरुमा विस्फोट भएका थिए । कोलम्बोको कोटाहेना सेन्ट एन्थोनी चर्चमा पहिलो विस्फोट भएको बताइएको छ ।
लगत्तै फेरि सेन्ट सेबास्टियन चर्चमा विस्फोट भएको थियो । विस्फोटमा घाइते भएका ८० जनाभन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
बिस्फोटबाट विदेशी पर्यटकसहित कैयौंको हताहती भएको बताइएको छ। आक्रमणको जिम्मा कसैले लिएको छैन ।

Leave A Reply

Your email address will not be published.