Rashtriya Yuva Jagaran
Online Digital News

खेलकुदका प्रतिभा गाउँगाउँबाट निस्कँदै, मोरङबाट अण्डर १६ मा १० खेलाडी छानिए

रायुजा संवाददाता
विराटनगर, ०८ वैशाख २०७६ । स्थानीय तहमा निर्वाचन भएर जनप्रतिनिधि आएपछि नेपाली खेलकुदको विकासमा नयाँ फड्को मारेको छ । स्थानीय, प्रदेश र संघबाट हुने गरेका खेलकुदका गतिविधिले देशलाई खेलकुदमय बनाईरहेको बेलामा मोरङको बेलबारी नगरपालिकाको एउटै वडाबाट ६ जना र मोरङबाट १० जना अण्डर १६ का खेलाडी राष्ट्रिय स्तरमा छनौटमा पर्नु भनेको हिजोका दिनमा ग्रामिण भेगमा कति खेलाडीका कुण्ठा, उनीहरुको प्रतिभा मरेछ भन्ने ज्वलन्त उदाहरण हो । त्यो कुयठा, त्यो इच्छा, त्यो प्रतिभालाई निकाल्दै खेलकुद अनुशासन र स्वास्थ्यका लागि अपरिहार्य छ भन्ने उजागर समेत गरेको छ ।
अखिल नेपाल फुटवल संघ एन्फाले अण्डर १६ का लागि बेलबारी नगरपालिकाको एउटै वडाबाट ६ जना खेलाडी छनौट गरेको छ ।
बेलवारी नगरपालिकाको वडा नम्बर १० का ६ जना खेलाडी अन्डर १६ को १ नम्बर प्रदेश टोलीमा पर्न सफल भएका हुन् । उनीहरू सबै बेलवारीको वडा नम्बर १० राधानगरमा रहेको एम्ब्रियो फुटवल एकेडेमीमा आवद्द छन् ।
छनोट भएका खेलाडीहरुमा सन याखा, रंजित परियार, राहुल राई, सुमित धिमाल, मनोज खुलाल र सजीव मगर छन् ।
छनौटमा परेका मध्ये रंजीत परियारले अन्डर १५ को राष्ट्रिय टोलीमा सहभागी भएर अन्तराष्ट्रिय खेलहरु समेत खेलिसकेका छन् । बेलबारी १० बाट छनौट भएका सबै खेलाडीलाई एम्व्रियो क्लबले सम्मान समेत गरेको छ ।
प्रदेश नम्बर १ बाट १८ जना खेलाडी छनौट भएकोमा मोरङ जिल्लाबाट मात्रै १० जना खेलाडी छनौट भएको एन्फाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.